सेयर बजारबाट ४० गुणा बढी सम्पत्ति कमाएका निरन्जन टिबरेवालको टिप्स: यसरी कारोबार गर्दा घाटा हुँदैन



काठमाडौं । सेयर बजारमा लगानी गर्नेले जहिले पनि नाफा खोजेको हुन्छ । तर, सेयर बजारमा लगानी गर्ने सबैले नाफा कमाएका हुँदैनन् ।

नाफा कमाउने चाहना भने सबैको हुन्छ । सेयर बजारमा लागेर २० वर्षमा लगानीको ४० गुणा कमाएका लगानीकर्ता हुन् निरन्जन टिबरेवालको अनुभवमा सेयर बजारमा बुझेर लगानी गर्यो भने कहिल्लै घाटा हुँदैन ।

टिबेरवालसँग सेयर बजारबाट कमाएको र गुमाएको पनि अनुभव छ । ऋण लिएर सेयरमा लगानीकर्ता ठूलो रकम गुमाएको अनुभव उनीसँग छ ।

सेयर बजारबाट २० वर्षमा ४० गुणा कमाएँः निरञ्जन टिबरेवाल

३ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुग्दा घाटा खाएर नै सेयर बेचेको अनुभव टिबेरवालसँग छ । टिबरेवालले लगानीकर्तालाई दिएको टिप्स

कम्पनीको भविष्यलाई सबैभन्दा पहिला ध्यान दिने । भविष्य राम्रो भएको कम्पनीको सेयरले दीर्घकालिन रुपमा फाइदा दिन्छ

कम्पनीको व्यवस्थापनमा कस्ता व्यक्ति बसेका छन् । कम्पनीको भविष्य राम्रो भएपनि खराब व्यक्ति व्यवस्थापनमा भएमा कम्पनीले राम्रो गदैन ।

सेयर बजारमा लाग्नेहरु आफ्नो केही बचत सेयरमा लगाउने । आफ्नो सबै सम्पत्ति तथा बचत सेयरमा लगाउनु हुँदैन ।

हल्लाको भरमा लगानी नगर्ने । हल्लाको भरमा मात्र लगानी गर्दा लगानी डुब्छ ।

ब्याजदरको उतारचढावलाई ध्यान दिने । बैंकको ब्याजदर बढ्न थालेको बेला ऋण लिएर लगानी नगर्ने


क्लिकमान्डु