बैशाख २६ गतेदेखि नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र निष्काशन हुँदै



काठमाडौं । वार्षिक साढे ५ प्रतिशत ब्याजदरमा नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ बैशाख २२ गते देखी बिक्री खुल्ला गर्ने भएको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ । जसको ५ प्रतिशत अर्थात् ७० हजार कित्ता

सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । साथै, बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने उल्ल्ेख गरिएको छ ।
बैंकले ऋणपत्र बिक्रीका प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा बैशाख २६ गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने उल्लेख छ ।

आवेदन दिनका लागि लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको जनाउँछ ।


क्लिकमान्डु