विद्युतीय गतिशीलताका लागि हिरो मोटोकर्प र गोगोरो इंकबीच साझेदारी




काठमाडौं । हीरो मोटोकर्प र गोगोरो इंकले बैशाख ८ गते (बुधबार) भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ । र, हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्नेछन् ।

हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालका अनुसार गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण– ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप गरिएको हो ।
‘जसलाई हामी आफ्नो लक्ष्य ‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत् जीवन्त तुल्याउँदैछौं । हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ । जसरी हाम्रो विश्वव्यापी आकार र इनोभेसन पावर हाउससहित हामीले हीरोलाई टु व्हीलरमा अग्रणी तुल्याएका छौं,’ मुन्जालले भने, ‘त्यसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको छ ।’

यो साझेदारीले हाम्रो अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार गर्नेछ । हीरो र गोगोरोको दृष्टिकोण र प्रतिबद्धता भारत तथा विश्वभर स्मार्ट, दिगो इलेक्ट्रिक मोबिलिटीको परिवर्तनलाई गति लिने साझा लक्ष्यको पूर्ण अनुरुप छ । यस नयाँ साझेदारीको साथ पहिले भारतमा र त्यसपछि विश्वका अन्य बजारहरूमा हामी दिगो मोबिलिटीको सुरुवात गर्न प्रतिबद्ध छौं । यो साझेदारीले भारत सरकारको विद्युतीकरण अभियानलाई सबल र तीब्र बनाउनेछ तथा भारतको ऊर्जा र गतिशीलता (मोबिलिटी)को भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने उनले बताए ।

‘हामी सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाख भन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता छ,’ गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने, ‘हीरो–गोगोरो साझेदारीले यी चुनौतीहरूलाई सम्बोधन गर्छ तथा स्मार्ट सवारी साधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हीरोको बजार सबलतालाई लाभ प्रदान गर्नेछ ।’


क्लिकमान्डु