हुन्डाई भेन्यू रिभ्यूः यस्ता छन् विशेषता, मूल्य कति ? (भिडियोसहित)



काठमाडौं । हुन्डाई भेन्यू नेपाली बजारमा भित्रिएको छ । भेन्यू आईएमटी एस र आईएमटी एसएक्स भेरियन्ट नेपाली बजारमा आएको छ ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारी विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २ भेरियन्टमा भेन्यू बजारमा ल्याएको हो ।

हुन्डाई नेपाली ग्राहकका माझ लोकप्रिय ब्राण्डको रुपमा स्थापित छ । कम्पनीले विगत २ वर्षदेखि नेपालमा भेन्यू बिक्री वितरण गर्दै आइरहेको छ ।

२०७६ भदौमा सार्वजनिक गरिएका भेन्यू ३ वटा इञ्जिन अप्सनमा थिए । कम्प्याक्ट एसयूभी सेगमेन्टका भेन्यू पेट्रोल र डिजल दुवै अप्सनमा उपलब्ध छ ।

भेन्यूलाई नेपाली ग्राहकले रुचाएको कम्पनीको दावी छ ।

भेन्यू एसएक्स आईएमटी कम्प्याक्ट एसयूभी हो । नेपालमा पछिल्लो समय कम्प्याक्ट एसयूभी प्रति ग्राहकको आकर्षण बढ्दो छ । विक्रेताहरु पनि कम्प्याक्ट एसयूभीलाई बजारमा भित्र्याइरहेका छन् ।

फुल एसयूभीको तुलनामा केही सस्तो र एसयूभीकै हाराहारीमा सुविधा पाइने भएकाले पनि यसमा ग्राहकको आकर्षण देखिएको हो । ह्याच ब्याक गाडी सहरका चिल्ला सडकमा मात्र उपयुक्त हुने तर कम्प्याक्ट एसयूभी सहर तथा कच्ची बाटोमा पनि सहज रुपमा गुडाउन सकिन्छ ।

फूल एसयूभी र अफरोड गाडीको तुलनामा माइलेज पनि धेरै दिने गर्छ । सहरसँगै कहिले काँही अफरोड यात्रा गर्न रुचाउनेको पहिलो प्राथमिकतामा कम्प्याक्ट एसयूभी पर्ने गरेको छ । भेन्यू एसएक्स आईएमटीको मूल्य ५० लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

लुक्स र फिचर

रिडिएटर ग्रिल डार्क क्रोमले भेन्यू एसएक्स आईएमटीको लुक्स निकै आकर्षक देखिन्छ । फ्रन्ट बम्पर स्किड ब्लेडले गाडीलाई बोल्ड लुक्स दिएको छ ।

गाडीको माथिल्लो भागमा इन्डिकेटर लाइट छ । मध्यमागमा प्रोजेक्टर हेड ल्याम्पसँगै कर्नरिङ लाइट छ । एलइडी डीआरएसले घेरेको छ । तल्लो भागमा प्रोजेक्टर फग ल्याम्प छ । डूवल टोनमा डाइमण्ड कट अलो ह्विल छ । ह्विल २१५/६० आर१६ अलो ह्विल छ । कालो रंगको डोर क्लाडिङ छ । आउट साइड भिरर बडी कलरमै छ ।

यसमा साइड इन्डिकेटर छ । माथि ब्रिज टाइप रुप रिल छ । स्पोर्टी लुक्स दिने विन्डो डिजाइन गरिएको छ । पछिल्लो भागमा एसएक्स र टर्बो ब्याजिङ देख्न सकिन्छ । स्किड प्लेटले गाडीलाई पछाडिबाट पनि बोल्ड लुक्स दिन्छ ।

यसमा रियर वाइपर छैन । तर डिफगर भने छ । माथि सार्क फिन एन्टिना छ । टेल लाईट क्रिस्टल एफेक्ट दिइएको छ । एलइडी । रियर बम्पर २. रियर पार्किङ सेन्सर छ । रिफेक्टर रियर लाइटिङ पनि छ । बुट डोरको मुनि क्यामराको लेन्स राखिएको छ । रिमोट सेन्टर लकिङ कि । स्पेसको क्षमता बढाउन प्यासेन्जर सिट बेन्ट गर्नु सकिनुका साथै बुट लाइट पनि छ । गाडीको बडीमा ६३ प्रतिशत स्टेनलेस स्टिल छ ।

इञ्जिन र बनावट
भेन्यू आईएमटी एसएक्समा कप्पा १.० आई टर्बो जीडीआई पेट्रोल इञ्जिन छ । ९९८ सीसीको बीएस–६ इञ्जिन छ ।

यो इञ्जिनले १२० एचपीमा ६००० आरपीएम अधिकतम पावर र १७२ एनएममा १५००–४००० आरपीएम टार्क उत्पादन गर्छ । यसमा ६ स्पिड आईएमटी गियर बक्स छ । नयाँ भेन्यू विशेष भिन्नता भनेको इन्टिलिजेन्ट म्यानुअल ट्रान्समिसन (आईएमटी) हो ।

पुरानो भेन्यू म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । आईएमटी ट्रान्समिसन भएकाले नयाँ भेन्यूमा कल्च छैन । यसमा ब्रेक र एक्सिलेटर मात्र छ । यसमा कल्चको प्रयोग नगरि चालकले गाडीको गियर तलमाथि गर्न सक्छन् ।

सहर, भिडभाड र लामो यात्राका लागि भेन्यू एसएक्स आईएमटी उपुउक्त छ । एक्सिलेटर, ब्रेक र गियरको समायोजनमा यसलाई गुडाउन सकिन्छ । रिभर्स गियर लगाउँदा अटोमोटिक रियर क्यामरा र पार्किङ सेन्सर एटिभेटेड हुन्छ ।

कल्च नभएकाले यो गाडी न्यूट्रलमा मात्रै स्टार्ट हुन्छ । अघिल्लो पांग्रामा डिक्स र पछिल्लो पांग्रामा ड्रम ब्रेक छ । एबीएस सहित ईबीडी पनि छ । उकालोमा गाडीलाई पछाडि आउन नदिन हिल एसिस्ट कन्ट्रोल दिइएको छ ।

१२ सेकेण्डमा गाडीले ० देखि १०० किलोमिटरसम्मको गति लिन सक्ने क्षमता छ ।

गाडीको लम्बाई ३९९५ एमएम, चौडाई १७७० एमएम र उचाई १६०५ एमएम छ । ह्विल बेस २५०० एमएम, ग्राउण्ड क्लियरेन्स १९५ एमएम र बुट क्यापासिटी ३५० लिटर छ । गाडीको तौल १ हजार ६७० किलो छ ।

सडकका साँघुरो गल्लीमा पनि गाडी गुडाउन सकिन्छ । यो गाडी ५.१ मिटरमा घुमाउन सकिन्छ ।

गाडीको फ्यूल क्षमता ४५ लिटरको छ । यसको माइलेज १८ किलोमिटर प्रति लिटरसम्म रहेको कम्पनीको दाबी छ । तर सहरमा भने प्रति लिटर १५ किलोमिटरसम्म गुड्ने देखिन्छ ।

इन्टेरियर

भेन्यू एसएक्स आईएमटीमा ८ इन्जको टच इन्फोटेनमेन्ट स्टिम छ । जसले एन्ड्रोइड र एप्पल कार प्ले सर्पोट गर्छ । जसमा ब्लुटुथ, यूएसबी पनि कनेक्ट गर्न सकिन्छ । साथै एफएम रेडियो सुन्न सकिन्छ ।

गाडीलाई रिभर्स गर्दा डिस्प्लेमा गाडीको पछिल्लो भाग हेर्न सकिन्छ । गाडीको पछिल्लो भागमा जडान भएको क्यामरा र सेन्सरकोे मद्दतले गाडीलाई दुर्घटना हुनबाट बचाउँछ ।

ड्राइभरतर्फको ढोकामा ४ वटा पावर विन्डो बटन छ । आउट साइट मिररलाई इेक्लिट्रक ओपन गर्न सकिन्छ । बोटल होल्डर, ट्वीटर पनि छ ।

फन्ट हाइट एडजस्ट गर्न मिल्ने हेड रेष्ट छ । हाइट एडजस्टएबल सिट छ । गोलो स्टेरिङमा लेदर कोटेड गरिएको छ । जसले स्टेरिङलाई प्रिमियमा देखाउँछ ।स्टेरिङको देब्रेतर्फ मोनिटर कन्ट्रोल र दाहिनेतर्फ क्रुज कन्ट्रोल छ । तल माथि गर्न मिल्ने टिल्ट स्टेरिङ छ । एडभान्स सुपर भिजन कल्स्टर छ ।

अटोमेटीक एसीका साथै १२ भोल्टको यूएसभी चार्जिङ पोट छ । स्टोरेज स्पेस, कप होल्डर, स्टोरेज सहित आर्म रेष्ट पनि छ । दिन रातको फिचर सहितको आईआरभीएम मिरर छ । म्याप लाइट र इलेक्ट्रिक सन रुप पनि भेन्यू एसएक्स आईएमटीमा पाउन सकिन्छ । प्यासेन्जर तर्फ पनि रियर एसी भेन्ट, हाइट एडजस्ट एवल हेड रेष्ट छ भने बिचमा आर्म रेष्ट भने छैन । साथै पावर विन्डो बटन पाउन सकिन्छ ।


क्लिकमान्डु