प्रोटोन एक्स-७० नेपाल आउँदै




काठमाडौं । मलेशियाको चर्चित अटोमोबाइल कम्पनी प्रोटोनको प्रोटोन एक्स-७० नेपाल भित्रिने भएको छ । शंकर ग्रुपका मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोन एक्स-७० नेपाल ल्याउने छ । कम्पनीका अनुसार प्राटोन एक्स-७० वैशाख १५ गते नेपालमा सार्वजनक गरिनेछ ।

प्रोटोनले छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ । केहि समय अघि मात्र चर्चित मोडल ‘प्रोटन साँगा’ ल्याएसंगै नेपालमा समेत यस कम्पनीले आफ्नो उपस्थिती जनाइ सकेको छ ।

३६ बर्षको गौरवमयी ईतिहास बोकेको प्रोटोनको ईतिहास पल्टाएर हेर्ने हो भने यसले आफ्नो पहिलो कार सन् १९८५ मा प्रोटोन साँगाको रुपमा बजारमा ल्याएको थियो ।

सन् २०१८ प्रोटोनको लागि विशेष रहन गयो, किनकि प्रोटोनले यहि वर्ष प्रोटोन एक्स-७० नाममा प्रथम एसयूभी बजारमा ल्याएको थियो । जुन मलेशियामा मात्र नभएर विश्व अटो बजारमा नै निकै रुचाइएको थियो ।

यसले प्रोटोनलाई मलेशियन लगायत विश्व अटोमोबाइल बजारमा एउटा नयाँ उचाइ हाँसिल गराउन निकै नै ठुलो भूमिका खेल्यो । यस गाडीले संसारभर धेरै नै ठुलो नाम र प्रतिष्ठा कमाउनका साथै धेरै देशमा बर्षको उत्कृष्ट एसयूभीको अवार्ड जित्न समेत सफल भएको छ ।

यसको व्यापक सफलतालाई आत्मसात् गर्दै प्रोटोनले २०२०मा थप आधुनिक सुविधाहरुले भरिपूर्ण एक्स-७० को नयाँ संस्करण मलेशियामा सार्वजनिक गरेको छ । जसले यसको पुरानो संस्करणले मलेशियामा हात पारेको सफलतालाई पछि पारिसकेको छ भने संसारभर थप सफलता हाँसिल गर्ने क्रममा रहेको छ ।

प्रोटोन एक्स-७० चाडैं नै जगदम्बा मोटर्सले नेपाल ल्याउने तरखर गरिरहेको छ ।

प्रोटोनको बजारको कुरा गर्नु पर्दा यसको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा बडी मुलुकमा बिक्री वितरण भइरहेको र यो बढ्दो क्रममा छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९ वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ ।

१२८० जमीनमा फैलिएको यो विशाल कारखाना, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ । जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, सहरी क्षेत्र र एउटा विश्वविद्यालय समेत रहेको छ ।

प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिन्छ । गिली होल्डिंग र भोल्भोसंगको सहकार्य पश्चात अझ नविनतम अन्तर्राष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूल मान्यताहरुलाई अघि बढाएको छ ।

अरु ठुला कम्पनीसंग प्रतिस्पर्धामा रहिरहन पनि प्रोटोनले प्रविधिको विकास तथा अनुसन्धानमा अबौं रूपैया खर्चेको छ । अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र इन्जिनियरिङमा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ ।

जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रा तर्फ अग्रसर गराइरहेको छ। ३६ बर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ वटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४४ लाख भन्दा बढि ग्राहक रहेका छन् ।

 


क्लिकमान्डु