राष्ट्रियस्तरका विकास बैंकको खुद नाफा ४७.४८ % ले बढ्यो, अर्ब नाफा गरेर मुक्तिनाथ पहिलो स्थानमा



काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ९ महिनामा ३ अर्ब वढी नाघेको छ । अहिले ८ वटा राष्ट्रियस्तरका विकास बैंक संचालन रहेको ५ वटाले ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अहिलेसम्म गरिमा विकास, ज्योति विकास, मुक्तिनाथ विकास, महालक्ष्मी विकास र कामना सेवा विकास बैंक रहेका छन् ।

वित्तीय विवरण प्रकाशित गरेका ५ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आवको चैत मसान्तससम्म ३ अर्ब २७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४७.४८ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म यी बैंकहरुले २ अर्ब २२ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

सो अवधिमा यी बैंकहरुले २ खर्ब ६० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले २ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा यी बैंकहरुको निक्षेप संकलनमा २६.९३ प्रतिशत र कर्जा प्रवाहमा ३३.६९ प्रतिशतको ग्रोथ देखिएको छ ।

कुन बैंकको कति ग्रोथ ?

चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा बढी नाफामा ग्रोथ मुक्तिनाथ विकास बैंकले गरेको छ । बैंकले गत आवको चैत मसान्तमा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ४८.७५ प्रतिशत अर्थात् ३२ करोड ९५ लाख रुपैयाँ थप भई १ अर्ब ५६ लाख रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकले निक्षेप संकलनतर्फ ३९.४२ प्रतिशत र कर्जा प्रवाहतर्फ ४३.८८ प्रतिशतले थप गरेको छ । बैंकले गत आवको चैत मसान्तमा ५७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा २२ अर्ब ५९ करोड रुपैयाँले थप गरी ७९ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ ।

साथै, गत आवको चैत मसान्तमा ४७ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा बैंकले चालु आवको सोही अवधिमा २० अर्ब ९१ करोड रुपैयाँले थप गरी ६८ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै, गरिमा विकास बैंकले चालु आवको ९ महिनामा खुद नाफा ३६.६३ प्रतिशतले थप गरेको. छ । गत आवको चैत मसान्तमा ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १८ करोड १८ लाख रुपैयाँले थप गरी ६७ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

साथै, सो अवधिमा बैंकको निक्षेप संकलनतर्फ ३९.५२ प्रतिशत र कर्जा प्रवाहतर्फ ४४.२७ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको चैत मसान्तमा बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चालु आवको सोही अवधिमा ५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ज्योति विकास बैंकले गत आवको चैत मसान्तसम्म ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ३८.१८ प्रतिशत अर्थात् १६ करोड ६५ लाख रुपैयाँले थप गरी ६० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले सो अवधिमा निक्षेप संकलनतर्फ २४.८० प्रतिशत र कर्जा प्रवाहतर्फ ३३.०४ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आको चैत मसान्तमा ३६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसैगरी, महालक्ष्मी विकास बैंकले गत आवको चैत मसान्तसम्म ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा १.५७ प्रतिशत अर्थात् ६२ लाख ४० हजार रुपैयाँले थप गरी ४० करोड ३६ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको सो अवधिमा निक्षेप संकलनतर्फ भने १.३७ प्रतिशत र कर्जा प्रवाहतर्फ १.१४ प्रतिशतले घटेको देखिएको छ । बैंकले गत आवको चैत मसान्तमा ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै, कामना सेवा विकास बैंकले गत आवको चैत मसान्तसम्म २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा १ सय ७२.०१ प्रतिशत अर्थात् ३७ करोड ६ लाख रुपैयाँले थप गरी ५८ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले सो अवधिमा निक्षेप संकलनतर्फ २३ प्रतिशत र कर्जा प्रवाहतर्फ ४१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आको चैत मसान्तमा ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु