अर्काको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ



काठमाडौं । अर्काको व्यक्तिको नाममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने र दिन लगाउने व्यक्ति पक्राउ परेका छन् ।

वैशाख ५ गते भहिकल एकेडमी गुर्जुधारामा सरोज अधिकारीको ट्रायल परीक्षा बसन्त मगरले दिएका थिए । पास लेख्ने ठाउँमा शंका लागेपछि सोधपुछ गर्दा अर्कै व्यक्तिको नाममा ट्रायल परीक्षा दिन आएको थाहा भएको यातायात व्यवस्था कार्यालय ठुलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए ।

दुवै व्यक्तिलाई थानकोट प्रहरीको नियन्त्रणमा राखिएको छ ।


क्लिकमान्डु