साढे ३२ अंकले बजार घट्दा यी कम्पनीले कमाए




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुगेको छ । क वर्षका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अंकले घटेको छ ।

बुधबार २१४ कम्पनीका सेयर ६६ हजार ४८० पटक कारोबार भएको छ । १ करोड ३७ लाख ८७ हजार कित्ता खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीकोे सेयर मूल्य घटेको छ भने १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सामूहिक लगानी उपसमूह बाहेक बाँकी सबै उपसमूहको इन्डेक्स घटेको छ ।

ज्योती लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्थान र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु