भारतमा कोरोना भाइरस फैलिएपछि हिरोले बन्द गर्यो एकसाताको लागि ६ वटा प्लान्ट



भारतमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको असर अटो क्षेत्रमा पर्न थालेको छ ।

भारतको सबैभन्दा ठूलो दुई पाङ्ग्रे हिरो मोटरसाइकलले आफ्नो ६ वटा उत्पादन युनिट कोरोना भाइरसको कारण एकसातासम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा द्रुत रुपमा फैलिएको कोरोना भाइरसको कारण हिरोले आफ्ना सबै प्लान्टहरू र निर्माण इकाईहरूलाई अप्रिल २२ देखि मे १ सम्म चरणबद्ध रूपमा बन्द गर्ने जनाएको छ ।

हिरोको कारखाना हरियाणाको गुरुग्राम र घरुहेरामा छन्। आन्ध्र प्रदेशको चित्तूर, उत्तराखंडको हरिद्वार, राजस्थानको नीमराणा र गुजरातको हलोनमा कारखाना रहेको छ । जसमा ८० हजार व्यक्ति काम गर्छन् । हिरो भारतमा सबैभन्दा बढी बिक्ने २ पाङ्ग्रे सवारी साधन हो ।

जसको बजार हिस्सा ३३.१७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु