अर्को सातादेखी सिइबिडि हाइड्रोपावरले २५ लाख १८ हजार कित्ता आइपीओ बिक्री खुल्ला गर्दै



काठमाडौं । सिइबिडि हाइड्रोपावर कम्पनीले बैशाख १७ गतेदेखी साधारणसेयर (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले आइपीओमा बैंशाख १७ गतेदेखी बैशाख ३१ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर छिटोमा भने बैशाख २१ गते नै आइपीओ बिक्री बन्द हुने उल्लेख गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात् ५० हजार ३ सय ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता नागरिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सबै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीलाई सो आइपीओ निष्काशनका लागि केयर रेटिङले ‘केयर एनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ । सो ग्रेडिङले कम्पनीको दायित्व वहन क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


क्लिकमान्डु