बजाज पल्सर एनएस१२५ भारतमा सार्वजनिक




एजेन्सी । बजाज पल्सर एनएस१२५ भारतमा सार्वजनिक भएको छ । यो मोटरसाइकल १२५ सीसी सेगमेन्टको स्पोर्टी मोडल हो ।

बजाज पल्सर एनएस१२५ को मूल्य ९३ हजार ६९० भारु तोकिएको छ । यो मोटरसाइकल एनएस रेन्जको सबैभन्दा सानो मोडल बन्न सफल भएको छ ।

यो मोटरसाइकल यूवा ग्राहकका लागि तयार गरिएको हो ।

बजाज पल्सर एनएस१२५ मा १२५ सीसीको बीएस-६ डीटीएस-आई इन्जिन छ । यो इन्जिनले १२ बीएचपी पावरमा ११ न्यूटन मिटर टार्क प्रदान गर्छ । १२५ सीसी सेगमेन्टमा सबैभन्दा धेरै टार्क प्रदान गर्ने मोटरसाइकल एनएस१२५ भएको कम्पनीको दाबी छ ।

मोटरसाइकलले सार्प ह्यान्डलिङका लागि उच्च फेक्ससिबिलिटी र कम फ्लेक्स प्रदान गर्छ । तीब्र गतिमा नाइट्रोक्स मोनो शक अब्जबरले स्थिरता प्रदान गर्छ । एनएस१२५ को बडीमा हाई ग्लास मेटालिक पेन्ट छ ।

साथै सिग्नेचर वुल्फ आई हेडल्याम्प क्लस्टर, ट्विन पायलट ल्याम्प दिइएको छ । मोटरसाइकलको लुक्स निकै आकर्षक छ ।

यो मोटरसाइकलमा ट्विन स्ट्रिप एलईडी टेल ल्याम्प, स्पोर्टी स्प्लिट ग्रैब रेल दिइएको छ । यसको इन्जिनमा ५ स्पिड कन्सट्यान्ट मेस गियरबक्स दिइएको छ । सस्पेन्सनका लागि अघिल्लो भागमा टेलिस्कोपिक फोर्क र पछिल्लो भागमा मोनो शक अब्जबर दिइएको छ ।

अघिल्लो चक्कामा २४० मिलिमिटरको डिस्क र पछिल्लो चक्कामा १३० मिलिमिटरको डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा १२ लिटरको फ्यूल ट्यांकी छ । मोटरसाइकलको तौल १४४ किलो छ । ग्राउन्ड क्लियरेन्स १७९ मिलिमिटर र १३५३ मिलिमिटर ह्विलबेस छ ।


क्लिकमान्डु