स्याङयोङ्ग नव वर्ष अफर, ५ लाखसम्म छुट




काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ को अवसरमा ‘स्याङयोङ्ग नव वर्ष अफर’ ल्याएको छ ।

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

अफर अवधिमा गाडी खरिद गर्नेले एक वर्ष निःशुल्क बीमा, ७ वर्ष सजिलो फाइनान्स पाउनेछन् । साथै ३ वर्ष वारेन्टि र ३ वर्ष निःशुल्क सर्भिसिङ्ग पनि पाइनेछ । ११ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसोरिज पनि कम्पनीले दिनेछ ।

यस स्याङयोङ्ग नव वर्ष अफर २०७८ वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म लागु हुनेछ ।


क्लिकमान्डु