दिल्लीबाट सोझैं काठमाडौं आउनुभन्दा दुवई पुगेर आउँदा ११ हजार सस्तो



काठमाडौं । कोरोना महामारीका कारण विश्वका कैयन देशमा हवाई उडान बन्द भएका छन् ।

विभिन्न देशहरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा यात्रुहरु एक देशबाट अर्को देशको गन्तव्यमा सहजै जान पाएका छैनन् ।

कोरोनाको दोस्रो संक्रमणको लहर छिमेकी मुलुक भारतमा व्यापकरुपमा बढ्न थालेसँगै यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि उत्तिकै परेको छ ।

त्यसमाथि पछिल्लो समय भारतबाट साउदी अरब लगायतका मुलुकमा जाने विमानहरुमा रोक लगाएसँगै कैयन भारतीयहरु नेपालको बाटो हुँदै ती मुलुकमा जान थालेका छन् । र, काठमाडौंस्थित भारतीय दूतावासमा भारतीयहरुको भिड देखिन थालेको छ ।

जसका कारण दिल्लीबाट काठमाडौं आउने विमानमा टिकट पाउन मुस्किल पर्न थालेको छ । जसका कारण यो रुटको टिकट दरमा भारी वृद्धि भएको छ ।

पर्यटनसँग सम्बन्धित मेक माइ ट्रिपमा उपलब्ध जानकारी अनुसार यतिबेला भारतको राजधानी दिल्लीबाट काठमाडौं आउनुभन्दा दिल्लीबाट दुवई हुँदै काठमाडौं आउन ११ हजार रुपैयाँ सस्तो पर्ने देखिएको छ । यो उडानको अवधि १ घण्टा २५ मिनेटको हुनेछ ।

अप्रिल १९ तारिखको टिकट हेर्दा दिल्लीबाट काठमाडौं आउनका लागि एयर इन्डियाले ३२ हजार ८९१ रुपैयाँ भारतीय रुपैयाँ अर्थात् ५२ हजार ६२५ रुपैयाँ तोकेको छ । जबकी सोही मितिमा फ्लाइ दुबई विमानबाट दिल्लीबाट दुबई ट्रान्जिट हुँदै काठमाडौं आइपुग्न भने ११ हजार रुपैयाँभन्दा सस्तो ४१ हजार ३१८ रुपैयाँ निर्धारण गरिएको छ । यसको उडान अवधि भने ३० ट्रान्जिटसहित ३० घण्टा २० मिनेट तोकिएको छ ।

पछिल्लो समय काठमाडौंबाट दिल्ली जानका लागि हवाई टिकट पाइए पनि दिल्लीबाट रिटर्न टिकट पाउन निकै गाह्रो भएको छ ।


क्लिकमान्डु