पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजक टीभीएस, विजेतालाई एनटर्क स्कुटर



काठमाडौं । नेपालमा हुने पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजक टीभीएस हुने भएको छ । दुई पांग्रे र तीन पांग्रे सवारी साधनको लागि विश्वमै प्रतिष्ठित मानिएको टीभीएस मोटर कम्पनी विश्वमै लोकप्रिय छ ।

सो कार्यक्रमका लागि ब्लुटुथ जडित स्कुटर एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।

पब्जी नेपालका जेनेरेसन जेड मध्येको एक लोकप्रिय खेल हो । यो च्याम्पियनसिप गेमिङ क्षेत्रले नेपालमा भएका राम्रा प्रतिभाहरुलाई प्रस्तुत गर्नेछ ।

वैशाख ५ देखि रजिस्ट्रेसन गरिने सो खेलमा उत्कृष्ट तीन खेलाडीले टीभीएस एनटर्क १२५ स्कुटर पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले टीभीएसले सधै युवाहरुलाई प्रोत्साहित गरिरहेको र आगामी दिनमा समेत यो कार्यलाई निरन्तरता दिने बताए ।

पब्जी मोबाइल च्याम्पियनसिपमा ६ सय भन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरिएको छ । यसमा फोरके गेमिङ नेपाल, एसके ४९ र मिस्टर ह्योजु जस्ता लोकप्रिय एनटीटी समावेश हुनेछन् ।

च्याम्प्यिनसिप आगामी ४५ दिन सम्म चल्ने छ ।


क्लिकमान्डु