३ अर्ब लगानीमा नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल निर्माण हुने



काठमाडौं  । नेपालगञ्‍ज विमानस्थलमा अर्ब लगानीमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि खरिद प्रक्रिया अघिबढाएको हो यसका लागि प्राधिकरणले परामर्शदाता नियुक्ती तथा डिजाइनको काम गरिसकेको छ।

टर्मिलन भवन निर्माणका लागि अहिले निर्माण व्यवसायीको पूर्व छनौटको काम भइरहेको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशकराजकुमार क्षेत्रीले जानकारी दिए।

निर्माण व्यवसायीको पूर्व योग्यता छनौटको काम सकिएपछि टेन्डरमा सहभागी हुन पाउने व्यवसायीको सूची प्रकाशित हुनेछ। त्यसपछित्यही सूचीमा रहेकाहरुले टेन्डरमा भाग लिने छन्। टेन्डरबाट छनौट भएपछि निर्माण सम्झौता हुनेछ,’ क्षेत्रीले भने।

पछिल्लो समय हवाई उडानको संख्या बढ्दै गएको नेपालगञ्‍जमा पूरानो संरचनाले धान्न नसक्ने भएपछि नयाँ टर्मिनल बनाउनलागिएको क्षेत्रीको भनाइ

कुल १६६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा हजार ४८ वर्गमिटर क्षेत्रफलमा नयाँ टर्मिनल भवन निर्माण हुने प्राधिकरणकाइन्जिनियर तथा उपप्रबन्धक नलबिक्रम थापाले जानकारी दिए।

नयाँ बन्‍ने टर्मिनल भवन तीन तलाको हुनेछ। जसमा एउटा तला सेमी बेसमेन्टको रुपमा हुनेछ। यो टर्मिनल भवन निर्माणका लागि अर्बबजेट आवश्यक हुने प्राधिकरणले अनुमान गरेको छ।

कर्णाली क्षेत्रमा उडान हुने नेपालगञ्‍ज विमानस्थलमा पछिल्लो समय काठमाडौंबाट हुने दैनिक उडानको संख्यामा पनि बृद्धि भएको छ।

नेपालगञ्जबाट कर्णालीका डोल्पा,जुम्ला, हुम्ला,मुगु जिल्लाका विमानस्थलमा यात्रुबाहक तथा कार्गो उडान हुँदै आएको छ। त्यस्तैरुकुममा पनि नेपालगञ्जबाट उडान हुँदै आएको छ।

उडान संख्यामा ब्यापक बृद्धि भएपनि बढ्दो ट्राफिक धान्नसक्ने पूर्वाधार नभएपछि नेपालगञ्जमा टर्मिनल भवनको आवश्यकता परेकोथापाको भनाइ

नयाँ बन्ने टर्मिनल आधुनिक सेवा सुविधायुक्त हुने छ। क्याफेटेरिया, सपिङ तथा अन्य सुविधाहरु टर्मिलनमा उपलब्ध हुने छन्। त्यसबाटएकातिर प्राधिकरण आफैले पनि आम्दानी गर्ने भने यात्रुले पनि सहज सुविधा पाउने छन्थापाले भने, ‘नेपालगञ्ज जस्तो ठाउँमाकहिलेकाहि उडान ढिला भयो भने यति उकुसमुक हुन्छ कि त्यहाँ बस्नै गाह्रो हुन्छ। यसको मुख्य कारण साँघुरो टर्मिलन हो। तर अब नयाँटर्मिनल बनेपछि त्यस्तो हुँदैन।

यो आर्थिक वर्षभित्र निर्माणका लागि खरिद प्रक्रिया सम्पन्न हुने थापाको भनाइ छ। सम्झौता भएको तीन वर्षभित्र टर्मिनल बनिसक्ने छ।

नेपालगञ्जको विमानस्थलको क्षमता विस्तार गर्नका लागि बनेको गुरुयोजनाअनुसार प्राधिकरणले धावनमार्ग विस्तार लगायतका कामगरिरहेको छ।

हाल १५ सय मिटर लामो रहेको धावनमार्गमा सय मिटर विस्तारको काम अहिले भइरहेको छ।

धावनमार्गसँगै जहाज पार्किङ गर्ने ठाउँ(एप्रोन) पनि नयाँ बनाएको छ। वटा एटीआर ७२ जहाज पार्किङ गर्न मिल्ने नयाँ एप्रोन निर्माणभएर सञ्चालनमा आइसकेका छन्। यी नयाँ बनेका एप्रोमा ३६० डिग्री टर्न गर्न मिल्ने इन्जिनियर थापाले जानकारी दिए

प्राधिकरणले उडान चाप धेरै रहेका हब विमानस्थलमा क्षमता विस्तार गर्न अर्बौ लगानी गर्ने योजना बनाएको छ। पोखरा भैरहवाविमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आयोजना चलिरहेको छ।

त्यसबाहेकका नेपालगञ्ज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल तथा धावनमार्ग विस्तारका काम अघि बढीरहेका छन्।

यसपछि धनगढी चन्द्रगढी विमानस्थलमा क्षमता विस्तारका काम अघि बढाउने प्राधिकरणले तयारी गरेको छ।

अहिले आन्तरिक उडानको संख्या बढिरहेका विमानस्थलमा आधुनिक पूर्वाधार निर्माण गरी भविष्यमा आवश्यकता पर्दा अन्तरदेशीयउडान गर्नमिल्ने बनाइने प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।


क्लिकमान्डु