बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा शुरु



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैशाख ३ गते नेपालगञ्जस्थित पवित्र बागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत् भेटी चढाई उक्त सेवाको शुरुवात गरे ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी ज्यूले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले शुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।

उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशी कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए ।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा ज्यूले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा शुरु गरेकोमा माछापुच्छ्रे  बैंकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे  बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा शुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे  बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यूआर कोड बारेमा प्रकाश पारेका थिए ।


क्लिकमान्डु