
काठमाडौं । पश्चिम एशियामा युद्ध सुरु भएयता लगातर घटिरहेको सुनको मूल्यमा मंगलबार पनि गिरावट भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार घटेको सुनको मूल्य नेपाली बजारमा कम भएको हो ।
सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो ।
सुनको मूल्य घटेसँगै मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्यमा कमी आए पनि चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ८० रुपैयाँ बढेर ५ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया