१३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ?



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रुपमा विकास गरी नयाँ स्मार्ट सिटी विकास गर्ने उद्देश्य लिएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा ३ वटा र २०७४/७५ मा दोस्रो चरणमा १० वटा गरी १३ वटा स्थानमा नयाँ स्मार्ट सिटीको रुपमा विकास गर्ने भएको हो ।

सरकारले सरकारले विकास गर्ने भनिएको ५० नयाँ सहरमध्ये १३ वटा स्मार्ट सिटीहरू रहेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टकारुपमा निजगढ पालुङ्टार र लुम्बिनी स्मार्ट सिटीको अवधारणा तयारसँगै आर्थिक वर्ष ०७४/७५ मा अन्य १० सहरमा स्याङ्जाको वालिङ, चितवनको भरतपुर, सिराहाको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुल्सिपुर, काभ्रेपलाञ्चोकको काभ्रे, दैलेखको दुल्लु, डडेलधुराको अमरगढी, कैलालीको टिकापुर र धनकुटाको धनकुटा रहेको छ ।

जसमा स्मार्ट सिटीको अवधारणामा प्रदेशिक सन्तुलन, जनसंख्या समेत को सन्तुलनलाई विचार गरी विकासको कार्य शुरु गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ ।

हाल उक्त प्रस्तावित नयाँ शहरहरूमा वार्षिक रुपमा छुट्टाइएको बजेट अनुसार साइड/साइडमा कामहरू भइरहेको आयोजनाका निर्देशक रोशन श्रेष्ठ बताउँछन् ।

नयाँ सहर र स्मार्ट सिटीको चाङ ५० पुग्यो, शुरुवात र सम्पन्नताको टुंगो छैन

साथै, सरकारले १३ वटा नयाँ स्मार्ट सिटीहरूको लागि विभिन्न प्रस्तावित योजनाहरूको डीपीआर तयार भइसकेको छ ।

यस्तो छ डीपीआर तयार भइसकेको स्मार्ट सिटीको अनुमान लागत

सरकारले स्मार्ट सिटीकारुपमा विकास गर्ने भनिएको स्थापनामा विभिन्न प्रस्ताव योजना अगाडि बढाएको छ । जसमा धनकुटा स्मार्ट सिटीका लागि सडक निर्माणमा त्रिवेणीदेखि याक्चना सडक खण्ड (९.३५ किमी) रहेको छ ।

उक्त योजनाको भ्याटबोहेकको अनुमानित लागत ३३ करोड ३५ लाख ३८ हजार ६ सय २० रहेको छ भने भ्याटसहितको लागत ४५ करोड ६९ लाख ४७ हजार ९ सय १० रुपैयाँ रहेको छ ।

साथै, धनकुटा रिङ्गरोड निर्माण (१०.४२६ किमी) को लागि भ्याटबाहेक ३७ करोड ४८ लाख २३ हजार २ स ५३ रुपैयाँ प्रस्ताव गरेकोमा भ्याटसहित ५१ करोड ३५ लाख ७ हजार ८ सय ५६ रुपैयाँ अनुमानित लागत रहेको छ ।
साथै, धनकुटा स्मार्ट सिटीमा इन्फर्मेशन, कम्यूनिकेशन र टेक्नोलोजीको पूर्वाधार निर्माण प्रस्तवित योजना रहेको छ ।

काभ्रे भ्याली स्मार्ट सिटीको लागि सडक कोरिडोर निर्माण (पनौती त्रिवेणी घाट-धुलिखेल श्रृखंदापुर बनेपाको पाडे गाउँ) सम्म (५.४८५ किमी)को लागि भ्याटसहित ३६ करोड ५६ लाख ३ हजार५ सय ८० रुपैयाँ लागत अनुमान गरेको छ ।

साथै ट्रेकिङ मार्ग निर्माण लाकुरी भन्ज्याङ-खानी डाँडा-बल्थली-नमो बुद्ध-धुलिखेल-नगरकोट रोहनथोकसम्मका लागि भ्याटसहित ४४ करोड ८४ लाख ३९ हजार ९ सय ४६ रुपैयाँ अनुमानित लागत रहेको छ ।

त्यस्तै दैलेखको दुल्लु स्मार्ट सिटीको लागि घ्यादतुदेखि पिपलगडी सडक खण्ड (१४.५१ किमी) मा ५९ करोड ३३ लाख १ हजार ३ सय ५१ रुपैयाँ भ्याटसहित अनुमानित लागत रहेको छ । साथै, इन्फार्मेशन, कम्यूनिकेशन र टेक्नोलोजीका पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको छ ।

स्याङ्जाको वालिङ स्मार्ट सिटीमा भने सडक स्तरोन्नतीको कार्य भइरहेको आयोजना कार्यालयले जनाएको छ । जसमा केवलभन्ज्याङ हिलेपानी रुग्दिठाटी वटा नम्बर ७, स्वरेक–टापु-मैदान सकड खण्ड, आग्रे डाडा पुघार पैथोक गरौसुर मन्दिर ३.८ किलोमिटर, आपडाली पिपलेक होमस्टे सडक, वालिङ राउट डाडा पेकु पोखे सडक, लखनी वाहुनथान देउराली सडकको कार्य भएको आयोजनाको भनाइ छ ।

उक्त स्मार्ट सिटीको भने अध्ययन गरी डिपीआर तयार भइसकेको छ ।

दाङको तुल्सीपुर स्मार्ट सिटीको भने तुल्सीपुर सहरी क्षेत्रको सडक लम्बाई (९.९८ किमी) को निर्माण तथा स्तरोन्नति कार्यको लागि ६८ करोड ५० लाख ९ सय ९० रुपैयाँ अनुमानित लागत रहेको छ । यससँगै इन्फार्मेशन, कम्यूनिकेशन र टेक्नोलोजीका पूर्वाधार निर्माण गरिएको छ ।

लुम्बिनी स्मार्ट सिटी सडक निर्माण (मझेदी चोक-मधुबनी-पदारिया-खुनाडी-गलबरिया, वडा नं १०, ३, १, ४) ११.२२ किलोमिटर सडक निर्माण १ अर्ब ७७ करोड ८५ लाख ९३ हजार रुपैयाँ अनुमानित लागत प्रस्ताव गरेको छ ।

त्यस्तै, लुम्बिनी स्मार्ट सिटीको लागि पर्सा-भगदपुर-बहुसहियाको लागि भयटसहित ८८ करोड ५७ लाख ९५ हजार ९ ससय २४ रुपैयाँ र खुदाबगर-सोनवर्ष-मझेडियासम्मको लागि ३६ करोड ७१ लाख ३९ हजार ३ सय ७२ रुपैयाँ रकम प्रस्ताव गरेको छ ।

रौतहटको चन्द्रपुर स्मार्ट सिटीमा आर्मी क्याम्प-मोतिपुर-सिन्दुरेघरी-डुमरिया-बन्बहरी-रंगपुर सडक (९.३५ किमी) निर्माण गर्ने कार्य प्रस्तावका लागि १ करोड ७३ लाख ७७ हजार ४ सय ८६ रुपैयाँ रहेको छ । जसमा नयाँ बस्ती कटानी, गैडाटार पुललदेखि बन्दे बजार तथा बनटोल कफुलबारी सडकमा कालोपत्रे गर्ने कार्य प्रस्तावित योजना रहेको छ ।

तर, उक्त कालोपत्रे भने अनुमानित लागत आउन बाँकी रहेको आयोजना कार्यालयकोउ भनाइ छ ।

साथै, डडेलधुराको अमरगढी स्मार्ट सिटीको लागि अमरगढी बसपार्क निर्माण तथा टुँडिखेलमा पूर्वाधार निर्माण र अमरगढस् बजार क्षेत्रको सडक स्तरोन्नति गर्ने कार्य प्रस्ताव गरेको छ ।

भिमदत्त स्मार्ट सिटीमा सडक तथा ड्रेन निर्माण (भासी– रोटेला सडक खण्ड), भानुचोक– विष्णुघाम सडक खण्ड) र (शक्लाफाँट मार्ग भानुचोक– मदन चोक– एयरपोर्ट मार्ग) रहेको छ ।

सरकारले १३ वटा स्मार्ट सिटीको अवधारणाका अनुसार ९ वटामा स्मार्ट सिटी निर्माण कार्यको लागि विभिन्न सडक खण्ड र पूर्वाधार निर्माणको प्रस्तावित योजना आइसकेको छ भने बाँकी चार वटा स्मार्ट सिटीको डिपीआर तयार हुन बाँकी रहेको जनाएको छ ।

तर, १३ वटै स्मार्ट सिटीको भने मास्टर प्लान तयार भइसकेको श्रेष्ठले बताए ।

उक्त डीपीआर तयार भई स्वीकृत भएका स्मार्ट सिटीहरूका लागि हरियो बेल्टस्, साइकल लेन, बस बे, यूटिलिटी डक्टका साथै अपाङ्ग व्यक्तिहरूको लागि सहज हुने गरी फुटपाथ र क्रसिङ हुनुपर्नेछ ।

साथै, स्मार्ट लाइट, स्मार्ट ट्राफिक लाइट, स्पिड, लाइट र ध्वनिक सेन्सर, डिजिटल होर्डिङ बोर्ड, सिसिटीभी क्यामेरा, डिजिटल इन्फर्मेशन बोर्ड र साइनेज र वेदर मनिटरिङ सिस्टमको व्यवस्था हुनुपर्ने आयोजनाले उल्लेख गरेको छ ।


पुष्प दुलाल