‘स्मार्टडोको’ले ल्यायो नयाँ वर्षमा आकर्षक अफर, ६६% सम्म छुट र २५% क्यासब्याक



काठमाडौं । ई–कमर्श प्लेटफर्म ‘स्मार्टडोको’ले नयाँ वर्षको अवसरमा ग्राहकमाझ आकर्षक अफर ल्याएको छ । कम्पनीले ‘स्मार्टडोको नयाँ वर्षको अफर’ अन्तर्गत क्यासब्याक र छुटको अफर ल्याएको हो ।

यो अफर बैशाख १ गतेदेखि ५ गतेसम्म लागू हुनेछ ।

जस अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्नेले २५ प्रतिशतसम्म क्यासब्याक समेत पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको मोबाइल एप पछिल्लो समय नेपालमा सबैभन्दा बढी रेटिङ पाएको एप बन्न सफल भएको कम्पनीको दावी छ ।

त्यसका साथैस्मार्टडोको अनलाइनबाट ४ जना भाग्यशाली ग्राहकले कोन्का टेलिभिजन, आइ सिक्स स्मार्टवाच, वेगा स्ट्यान्डिङ फ्यान र बाल्ट्रा स्लाइस पप–अप टोस्टर उपहार पाउनेछन् ।

ग्राहकले अनलाइनमार्फत् सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेना, डा. ब्राउन्स, सीजी, लिनियरफ्लुक्स, हकिङस्, सनप्ले, किड्ज्को, फुलु, मामअर्थ, पिसेफ, निओ लाइफलगायतका ब्राण्डका प्रडक्टहरु खरिद गर्न सक्नेछन् ।

खरिद गरेको सामानको भुक्तानी क्यास, कार्ड, अनलाइन पेमेन्ट, सेलपे, इसेवा र मास्टरकार्डबाट गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

‘नेपालमा स्मार्टडोको एप सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको छ । यसै अवसरमा कम्पनीले नयाँ वर्षमा आकर्षक अफर पनि ल्याएको छ । कम्पनीले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट, होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयन प्रडक्ट अनलाइनमा उपलब्ध गराएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले यस अफर अन्तर्गत काठमाडौं उपत्यकाभन्दा बाहिरबाट अर्डर गर्दा ५० रुपैयाँको छुट समेत दिनेछ । धेरैभन्दा धेरै ग्राहकलाई सेवा दिने उद्देश्यले कम्पनीले ग्राहकलाई आकर्षित गर्ने विभिन्न अफर ल्याउँदै आएको छ ।

‘कम्पनीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएको छ । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइएको छ,’ आइएमएस ग्रुपका अध्यक्ष तथा सीइओ दिकेश मलहोत्राले भने ।


क्लिकमान्डु