रनर मोटरसाइलको खरिद २१ हजार छुट




काठमाडौं । बंगलादेशमा उत्पादित ब्राण्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षीत गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको लामो कहर पछी केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई तप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा २१ हजार रुपैयाँ नगद छुट दिने भएको छ ।

प्रत्येक मोटरसाइकलको खरिदमा निःशुल्क सर्भिसिङका साथै सर्वाधिक ६ वर्ष सम्मको वारेन्टी दिने भएको छ । साथै कुनै पनि कम्पनीको पुरानो मोटरसाईकलको एक्स्चेञ्ज गर्दा ३० हजार रुपायाँको न्युनतम मुल्यांकन गरिने छ ।

हाल मोटर्सले १ लाख १० हजार पर्ने ८० सीसीदेखी २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ । रनर मोटरसाइकलको बजार बजार बढ्दै गएको कंपनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपाने बताए ।

पछिल्लो समय ग्रहाकले रनर का सबैज मोडलमा रुची राखेका छन भने रनर हक २०० सिसि को अफ रोड मोटरसाईकललाई अत्याधिक मन पराईको न्यौपाने बताउँछन् ।


क्लिकमान्डु