फ्रान्समा साढे २ घण्टाभन्दा छोटो दूरीमा हवाई उडान गर्न नपाइने कानून पारित



फ्रान्सका विधायिकाहरुले यस्तो कानून पारित गरेका छन् जसका कारण अब छोटो दुरी तय गर्नका लागि हवाई जहाजको प्रयोग गर्न पाइने छैन् ।

अर्थात् साढे २ घण्टाभन्दा छोटो दुरी जहाँ रेलमार्फत् यात्रा गर्न सकिन्छ त्यसका लागि हवाई जहाजको उडान गर्न पाइने छैन ।

यसो गर्नुको मुख्य उद्देश्य कार्बन उत्सर्जनमा कमी ल्याउनु हो । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित भइ अहिले रिभाइभको चरणमा रहेको उड्डयन क्षेत्रमा यस प्रकारको नयाँ कानूनले थप पीडा दिने भन्दै विरोध शुरु भएको छ ।

यो कानून कार्बन उत्सर्जन कमी ल्याउनका लागि ऐन तयार पर्दा समेटिएको हो । फ्रान्सले सन् १९९० को तुलनामा सन् २०३० सम्ममा कार्बन उत्सर्जन ४० प्रतिशत कम गर्ने लक्ष्य लिएको छ ।

कोरोना महामारीका कारण संकटमा परेको त्यहाँको राष्ट्रिय ध्वजाबाहक विमान एयर फ्रान्समा सरकारको स्वामित्व दोब्बर हुने गरी ४.७६ बिलियन डलर पुँजी वृद्धि गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु