चैतका ३ सातामा बैंकको बिजनेशः निक्षेप र कर्जा थप्न सिटिजन्स फस्ट, ६ बैंकको निक्षेप घट्यो तर कर्जा बढ्यो (सूचिसहित)



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चैतका ३ सातामा ६४ अर्ब ३७ करोड निक्षेप र ८९ अर्ब २९ करोड रुपैयाँले कर्जा थप गरेका छन् । फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ रहेको बैंकहरुको निक्षेप चैत २० गतेसम्म आइपुग्दा ३८ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, फागुन मसान्तमा ३४ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ कर्जा संकलन गरेका बैंकहरुले चैत २० गते आइपुग्दा ३५ खर्ब ७९ करोड रुपैयाँ पुर्याएका छन् ।

चैत लागेपछि समग्रमा बैंकहरुको कुल निक्षेप संकलन कर्जा विस्तार बढे पनि सो अवधिमा ६ बैंकको निक्षेप र १ बैंकको कर्जा घटेको छ । जसमा निक्षेपतर्फ सबैभन्दा बढी एनआइसी एशिया बैंकको घटेको छ भने कर्जातर्फ एभरेष्ट बैंकको घटेको छ ।

यसैगरी, चैतको ३ सातामा सबैभन्दा बढी निक्षेप र कर्जा थप गर्नेमा सिटिजन्स बैंक रहेको छ । त्यसैगरी, दोस्रोमा निक्षेपतर्फ नबिल बैंक र कर्जामा कुमारी बैंक छन् ।

कुन बैंकको व्यवसाय विस्तार कस्तो ?

चैतको ३ सातामा २१ वटा बैंकले ७ करोड रुपैयाँदेखि १७ अर्ब ८९ करोड रुपैयाँसम्म निक्षेप थप गरेका छन् । साथै, २६ वटा बैंकले ८३ करोड रुपैयाँदेखि १७ अर्ब ४६ करोड रुपैयाँसम्म कर्जा थप गरेका छन् ।

सिटिजन्स बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १७ अर्ब ८९ करोड र कर्जा १७ अर्ब ४६ करोड रुपैयाँले थप भएको छ । सिटिजन्सले चैत १४ गते तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार गरेको थियो ।

नबिल बैंकः बैंकले फागुुन मसान्तमा २ खर्ब २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १३ अर्ब ३१ करोड र कर्जा ३ अर्ब ५९ करोड रुपैयाँले थप भएको छ ।

कुमारी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ६ अर्ब ९७ करोड र कर्जा ६ अर्ब २७ करोड रुपैयाँले थप भएको छ ।

एनसीसी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ६ अर्ब ६२ करोड थप हुँदा २ अर्ब ८३ करोड रुपैयाँले घटेकोे छ ।

हिमालयन बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ३७ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ५ अर्ब ८४ करोड र कर्जा ३ अर्ब १४ करोड रुपैयाँले थप भएको छ ।

ग्लोबल आइएमई बैंकः बैंकले फागुुन मसान्तमा २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ३ अर्ब ६० करोड र कर्जा ४ अर्ब १३ करोड रुपैयाँले थप भएको छ ।

एनएमबी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप २ अर्ब २१ करोड र कर्जा ३ अर्ब ३३ करोड रुपैयाँले थप भएको छ ।

नेपाल इन्भेष्मेण्ट बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ७८ करोड र कर्जा ३ अर्ब १४ करोड रुपैयाँले थप भएको छ ।

सानिमा बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब २० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ७४ करोड र कर्जा २ अर्ब ३५ करोड रुपैयाँ थप भएको छ ।

मेगा बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ३९ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ६९ करोड र कर्जा १ अर्ब ६३ करोड रुपैयाँले थप भएको छ ।

एभरेष्ट बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ५३ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ३३ करोड रुपैयाँले थप हुँदा कर्जा ४९ करोड रुपैयाँले घटेको छ ।

सनराइन बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब २५ करोड र कर्जा १ अर्ब ३६ करोड रुपैयाँले थप भएको छ ।

नेपाल बंगलादेश बैंकः बैंकले फागुुन मसान्तमा ७२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब १० करोड र कर्जा १ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ ।

बैंक अफ काठमाण्डूः बैंकले फागुुन मसान्तमा ९५ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ९ करोड र कर्जा २ अर्ब १ करोड रुपैयाँ थप भएको छ ।

सिभिल बैंकः बैंकले फागुुन मसान्तमा ८१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ३ करोड र कर्जा ३ अर्ब ३ करोड रुपैयाँ थप भएको छ ।

सिद्धार्थ बैंकः बैंकले फागुन मसान्तमा १ खर्ब ७० अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ९१ करोड र कर्जा ४ अर्ब ११ करोड रुपैयाँले थप भएको छ ।

प्राइम बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ८९ करोड र कर्जा ८३ करोड रुपैयाँले थप भएको छ ।

एसबीआइ बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ८० करोड र कर्जा ३ अर्ब ३१ करोड रुपैयाँ थप भएो छ ।

माछापुच्छ्रे बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ३४ करोड र कर्जा १ अर्ब १४ करोड रुपैयाँ थप भएको छ ।

लक्ष्मी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १५ करोड र कर्जा ३ अर्ब ५८ करोड रुपैयाँ थप भएको छ ।

सेञ्चुरी बैंकः बैंकले फागुुन मसान्तमा ८७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ७ करोड र कर्जा २ अर्ब २१ करोड रुपैयाँ थप गरेको छ ।

कृषि विकास बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप २३ करोड रुपैयाँ घट्दा कर्जा ३ अर्ब २ करोड रुपैयाँले थप भएको छ ।

नेपाल बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप २५ करोड रुपैयाँले घट्दा कर्जा ३ अर्ब ७३ रुपैयाँले थप भएको छ ।

प्रभु बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ६६ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ५२ करोडले घट्दा कर्जा ४ अर्ब ८६ करोड रुपैयाँले थप भएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकः बैंकले फागुुन मसान्तमा ८४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ६५ करोड रुपैयाँ घट्दा कर्जा ८६ करोड रुपैयाँले थप भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः बैंकले फागुुन मसान्तमा २ खर्ब ४३ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ३० करोडले घट्दा कर्जा १ अर्ब ७७ करोड रुपैयाँले थप भएको छ ।

एनआइसी एशिया बैंकः बैंकले फागुुन मसान्तमा २ खर्ब ८७ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५२ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ३ अर्ब २९ करोडले घट्दा कर्जा ४ अर्ब ३० करोड रुपैयाँले थप भएको छ ।


पुष्प दुलाल