अपडेटेड २०२२ जिप कम्पास फेसलिफ्ट सार्वजनिक



काठमाडौं । लक्जरी एसयूभी निर्माता जिप इन्डियाले सन् २०२१ को जनवरीमा भारतीय बजारमा नयाँ जिप कम्पास फेसलिफ्ट सार्वजनिक गरेको थियो । अहिले जिपले यूरोपियन बजारका लागि अपडेटेड जिप कम्पास सार्वजनिक गरेको छ । सन् २०२१ को मे महिनाभित्रमा यूरोपभर बिक्रीका लागि उपलब्ध हुनेछ ।

जानकारीका अनुसार कम्पनीले २०२२ जीप कम्पासको लुक्ससहित धेरे फिचर पनि परिवर्तन गरेको छ । नयाँ २०२२ जिप कम्पासको बाहिरी डिजाइनमा कम्पनीले केही सुक्ष्म परिवर्तन गरेको छ ।

जिप कम्पासमा दिइएको एलईडी हेडल्याप पहिलेको तुलनामा धेरै स्लीक छ । कम्पनीको सिग्नेचर ७ स्लेट फ्रन्ट ग्रिलमा नयाँ मैश लगाइएको छ । यसको फ्रन्ट बम्पर पुन डिजाइन गरिएको छ । फ्रन्ट ग्रिलको ठिक तल एक होरिजोन्टल स्लिटमा दुई फग ल्याम्प छ ।

नयाँ कम्पासको साइड प्रोफाइलको कुरा गर्दा यसलाई मौजूदा मोडलभन्दा धेरै भिन्नता दिइएको छैन । यस एसयूभीमा कम्पनीकोे नयाँ डिजाइनको अलो ह्विल प्रयोग गरिएको छ । रियर भागको कुरा गर्दा यहाँ एक नयाँ डिजाइनका बम्परका साथै संशोधित एलईडी टेललाइट्स देख्न सकिन्छ ।

२०२२ कम्पास रेगुलर कम्पासको तुलनमा केही भिन्न एक्सटिरियर डिजाइन दिएको छ । जसमा बम्पर, अलो ह्विल, नयाँ ग्राफिक लगायत छन् ।

२०२२ जिप कम्पासको इन्टेरियरलाई नयाँ रुप दिइएको छ । जिप कम्पास फेसलिफ्टमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । जुन यूकनेक्ट ५ प्रविधिका आधारित छ । यसका साथै १०.२५ इन्चको पूर्ण डिजिटल इन्ट्रमेन्ट क्लस्टर दिइको छ । साथै वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो र अमेजन एलेक्सा कनेक्टिभिटी पनि दिइएको छ । ड्यासबोर्डलाई पनि नयाँ डिजाइन दिइएको छ । यसका साथै भिन्न एचभीएसी भेन्ट तथा कन्ट्रोलका साथ नयाँ स्टेरिङ ह्विल दिइएको छ ।

यूरो-स्पेक २०२२ जिप कम्पासमा वर्तमान जिप कम्पासकै इन्जिन विकल्प दिइएको छ । यसमा १.३ लिटर टर्बो-पेट्रोल इन्जिन दिइएको छ । जसलाई दुई स्टे-ट्यूनमा प्रस्तुत गरिएको छ । पहिलो स्टेट-ट्यून इन्जिनले १३० बीएचपीको पावर दिन्छ । दोस्रो स्टेट-ट्यून इन्जिले १५० बीएचपीको पावर दिन्छ । दुवै स्टेन-ट्यून इन्जिनले २७० एनएमको टर्क प्रदान गर्छ । १.६ डिजेल इन्जिन विकल्पमा पनि उपलब्ध छ । यो इन्जिनले १३० बीएचपी पवार दिन्छ ।


पुष्प दुलाल