सगरमाथाका लागि २२२ जनासहित ३८९ जनाले लिए हिमाल आरोहणको अनुमति



काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लाग ३८९ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । जसमध्ये सगरमाथा आरोहणका लागि सबैभन्दा बढी २२२ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार बिहीबारसम्म अनुमति लिएका कुल आरोहीमध्ये लोत्से हिमाल आरोहणका लागि ४७ जना र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धौलागिरि हिमाल आरोहणका लागि ३० जना, नुप्से हिमाल आरोहणका लागि २३ जना, तिलिचो र मकालु हिमाल आरोहणका लागि ८÷८ जनाले अनुमति लिइसकेका छन् । त्यसैगरी पुमोरी हिमाल आरोहणका लागि ५ जनाका साथै टुकुचे र मनास्लु हिमाल आरोहणका लाग १÷१ जनाले अनुमति लिएका छन् ।

विभिन्न हिमाल आरोहणका लागि हालसम्म ८२ जना महिला र ३०७ जना पुरुषले अनुमति लिएका छन् ।

सवा ३१ करोड बढी राजस्व
पर्यटन विभागको तथ्यांक अनुसार ३८९ जनाले विभिन्न हिमाल आरोहणका लागि ३१ करोड ३४ लाख १३ हजार ३५९ रुपैयाँ ८० पैसा राजस्व बुझाएका छन् ।

जसमध्ये सबैभन्दा बढी सगरमाथाबाट राजस्व संकलन भएको छ । सगरमाथा आरोहणका लागि २२२ जनाले विभाग समक्ष २४ करोड ३१ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।

त्यसैगरी लोत्से हिमालबाट ८४ हजार ६०० रुपैयाँ र अन्नपूर्ण हिमाल आरोहणको अनुमतिबाट ७९ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ ।


क्लिकमान्डु