बेलायतबाट १४ करोड रुपैयाँमा नक्कली र सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट पौने १४ करोड रुपैयाँको नोट परिक्षण गर्ने विदेशी मेशिन भित्र्याउने भएको छ । केन्द्रीय बैंकले आशय पत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट ११ लाख ५७ हजार २९९ अमेरिकी डलरमा सो मेशिन भित्र्याउन लागेको जनाएको छ ।

उक्त मेसिनले नक्कली नोट, चलनचल्तीका नोट र भुक्रो जलन योग्य नोट छुट्याउनका लागि खरिद गर्न लागेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

सो आशयपत्रमा उल्लेख गरे अनुसार कम्पनीले राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा थोरै मूल्यमा प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्ताव गरेको मूल्य आजको विदेशी विनिमयदर अनुसार १३ करोड ७५ लाख १० हजार २६७ रुपैयाँ पर्न जान्छ ।


पुष्प दुलाल