भेस्पा ‘१०० कस्टमर रि-क्रियसन राइड’ सम्पन्न



काठमाडौं । भेस्पाका लागि नेपालको आधिकारीक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले शनिबार भेस्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोको सुकुटे वीचसम्म ‘१०० कस्टमर रिक्रियसन राइड’ आयोजना गरेको छ ।

कम्पनीको अनुसार राइडमा यूवाहरुको आकर्षण देखिएको थियो । उपभोक्तालाई एकै ठाउँमा जोडेर आत्मियता बढाउन राइड सफल भएको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए ।

उपभोक्ताबीच अन्तरक्रिया, भेहिकलको परफमेन्स र रिभ्यू गर्ने लक्ष्यसहित राइड आयोजना गरिएको उनले जानकारी दिए ।
भेस्पा प्रिमियम प्रडक्ट हो । भेस्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतोको भनाइ छ ।

राइडमा सहभागी उपभोक्तालाई विभिन्न समूहमा विभाजनगरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुल प्रतियोगिता आयोजना गरिएको थियो । राइडमा सहभागी सम्पूर्ण उपभोक्ता हर्सित भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् ।

‘प्रिमियम प्रडक्टप्रति नेपाली उपभोक्ताको आकर्षण बढिरहेको छ,’ उनले भनिन्, ‘प्रिमियम प्रडक्ट मन पराउने उपभोक्ताको पहिलो रोजाई नै भेस्पा हो ।’

भेस्पा राईडमा कम्पनीले मनोरञ्जनका लागि विभिन्न रि–क्रियसनल खेलहरु पनि खेलाइएको थियो । जसमा थ्रिलेग गेम, रोप पुलिङ, क्यारी योर पाटर्नर रेस, भलिबल, कम्निकेसनल ग्याम लगायत खेल खेलाइएको थियो । राइडरहरुले कम्पनीको तर्फबाट विभिन्न उपहार पनि जितेका थिए ।


क्लिकमान्डु