सगरमाथा आरोहणका लागि १३८ सहित २१७ जनाले लिए अनुमति, १९ करोड राजस्व संकलन



काठमाडौं । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको छ । जारी सिजनमा विदेशी पर्यटकको संख्या न्यून भए पछि हिमाल आरोहणका लागि भने जारी सिजनमा मात्रै २१७ जनाले अनुमति लिएका छन् ।

सगरमाथा, अन्नपूर्ण, धौगालागिरि, नेप्से, मनास्लु, लोत्से, टुकुचे र पुमोरी हिमाल आरोहणका लागि विभिन्न २७ वटा समूहले पर्यटन विभागबाट अनुमति लिएका छन् ।

जसमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि मात्रै १३८ जनाले शुक्रबारसम्म अनुमति लिएका छन् भने अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धौलागिरि हिमालका लागि १२ जना, नुप्से हिमालका लागि ९ जना, लोत्से हिमाल आरोहणका लागि ७ जनाले अनुमति लिएका छन् भने पुमोरी हिमाल आरोहणका लागि ५ जना र मनास्लु र टुकुचे हिमाल आरोहणका लागि विभागले १/१ जनाले अनुमति दिएको छ ।

विभागले २१७ जनालाई विभिन्न हिमाल आरोहणका लागि अनुमति दिएवापत १८ लाख ८९ लाख ३६ हजार ११९ रुपैयाँ ८० पैसा राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु