मनकामना केबलकार डिजिटलमा स्तरोन्नती गरिँदै, केही समय सेवा अवरुद्ध हुने
काठमाडौं । नेपालको पहिलो केबलकारलाई डिजिटलमा स्तरोन्नती गरिने भएको छ । यसका लागि कम्पनीले केही समय सेवा अवरुद्ध हुने बताएको छ ।
कम्पनीले सेवा शुरु गरेको २३ वर्ष पुगिसकेको छ । अब कम्पनीले पहिलो चरणमा तत्काल अति आवश्यक र ममर्त गर्न नसकिने पार्टपुर्जा परिवर्तन गर्ने भएको छ । त्यसैगरी दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउनका लागि पूर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जा समेत परिवर्तन गर्नेछ ।
त्यसैगरी अन्तिम चरणमा हाल एनालग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नती गर्ने, केबलको लठ्ठा फेरबदल गर्ने, कम्युनिकेशन बेकललाई सेल्ट्रा केबलमा रुपान्तरण गर्ने, डीसी ड्राभइलाई एसी ड्राइभमा रुपान्तरण गरी प्रविधियुक्त बनाउने कम्पनीको तयारी छ । कम्पनीले ३ चरणको काम आगामी २ वर्षभित्र पूरा गरिसक्ने जनाएको छ ।