हिमाल आरोहणका लागि १५१ जनाले लिए अनुमति, साढे १० करोड राजस्व संकलन
काठमाडौं । विभिन्न हिमाल आरोहणका लागि १५१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अप्रिल १ तारिखसम्ममा २० वटा समूहले अनुमति लिएका हुन् ।
विभागका अनुसार सबैभन्दा बढी सगरमाथाका लागि ७२ जनाले अनुमति लिएका छन् । त्यसैगरी अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जना, धौलागिरि हिमाल आरोहणका लागि १२ जनाले विभागबाट अनुमति लिएका छन् ।
त्यसैगरी नुप्से हिमालका लागि ९ जना, लोत्से हिमालका लागि ७ जना, पुमोरी हिमालका लागि ५ जनाका साथै मनास्लु र टुकुचे हिमाल आरोहणका लागि १÷१ जनाले अनुमति लिएका छन् ।
कुल १५१ जनाले अनुमति लिएमध्ये १०४ जना पुरुष र ४७ जना महिला छन् ।
विभागले हिमाल आरोहण अनुमति दिए वापत हालसम्म १० करोड ५३ लाख ५४ हजार ६१९ रुपैयाँ ८० पैसा राजस्व संकलन गरेको छ ।