सरकारका राम्रा कामको प्रशंसा गर्न संकोच किन मान्ने ?: गोल्छा

क्लिकमान्डु २०७७ चैत १९ गते १०:३० मा प्रकाशित

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशकै प्रतिष्ठत व्यवसायी शेखर गोल्छालाई अध्यक्षका रुपमा पाएको ४ महिना वितिसकेको छ । मुल नेतृत्वमा पुग्नुअघि गोल्छाले सार्वजनिकरुपमै महासंघको सुदृढिकरण, लेखाप्रणालीमा पारदर्शीता, राजनीतिको अन्त्य, उद्योगी-व्यवसायीका मुद्दामा जोडदार आवाज उठाउने, भिजन पेपर बनाएर त्यसलाई राष्ट्रि एजेण्डाका रुपमा अघि बढाउने र सबैलाई समेटेर लैजाने लगायतका प्रतिवद्धता जनाएका थिए । गत मंसिर १४ गतेदेखि अध्यक्ष बनेका गोल्छाले पदाधिकारीमा राम्रो टिम पाएका छन् । गोल्छा अध्यक्ष बनेपछि सरोकारवालाहरुले महासंघले डाइनामिक नेतृत्व पाएको प्रतिक्रिया दिएका थिए । के गोल्छाले प्रतिवद्धताअनुसार कामहरु गरिरहेका छन् ? कोरोना प्रभावित अर्थतन्त्र उकास्न निजी क्षेत्रले के गरिरहेको छ ? लगायत समसामयिक विषयमा केन्द्रित रहेर महासंघ अध्यक्ष गोल्छासँग क्लिकमाण्डूका लागि पुष्प दुलाल र कमलकुमार बस्नेतले गरेको कुराकानीः 

महासंघको नेतृत्वमा पुग्ने गोल्छा परिवारको सपना तपाईंले ४ महिनाअघि पूरा गर्नु भएको छ । सम्झन लायक के-कस्ता काम गर्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको परिकल्पना ६० वर्षअघि मेरा-बाउ बाजेले गर्नु भएको थियो । महासंघको पहिलो विधान बनाउनेदेखि आजका दिनसम्म आइपुग्दा मेरो परिवारको योगदान धेरै नै छ । त्यसैले महासंघ मेरा लागि मन्दिर नै हो । महासंघमा आएर निजी क्षेत्रको विश्वासको केन्द्रलाई अझ बढी संस्थागत विकास गरी निजी क्षेत्रको समस्या समाधानका लागि म अहोरात्र लागिरहेको छु ।

म अध्यक्ष भएको ४ महिना भयो । यसबीचमा देखिने गरी धेरै काम गरेको छु । अध्यक्ष हुनुभन्दा अघि नै १०० दिनभित्र मेरो भिजन पेपरको पहिलो ड्राफ्ट बुझाउने छु भनेको थिएँ । सोही अनुसार कार्यसमितिमा त्यो पेश पनि भएको छ । र, त्यहाँबाट अनुमोदन भइसकेपछि चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अनुमोदन गराउने योजना रहेको छ ।

भिजन पेपर बनिसकेपछि महासंघले गर्ने काममा एकरुपता आउनेछ । र, सदस्य साथीहरुले पनि गर्ने काममा बोल्ने क्रममा पनि एकरुपता आउनेछ । साथै यो महत्वपूर्ण दस्तावेजका रुपमा रहेछ । त्यसबाहेक संस्थागत विकासका लागि धेरै काम भइरहेको छ ।

मैले जुन पीडा भोगेको थिएँ । त्यो पीडा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई भोग्न दिनेछैन । तर पनि विधान संशोधन जरुरी छ । पूर्वअध्यक्ष कुशकुमार जोशीले त्यसको नेतृत्व गर्नु भएको छ । अध्यक्षको निर्वाचनको सम्बन्धमा, अध्यक्षको कार्यकालको सम्बन्ध संशोधन जरुरी देखिएको छ ।

अहिले ७/८ वटा बैठक कोठामा हरेक दिन बैठक भइरहेको छ । नीतिगत कामका लागि हामीहरुले काम गरिरहेका छौं । साप्ताहिकरुपमा यसबारे बिफ्रिङको काम भइरहेको छ । पूर्वअध्यक्षज्यूहरुलाई पनि कुनै न कुनै जिम्मेवारी दिएर सँगै अघिबढेका छौं । निर्वाचनका क्रममा मनमा केही खिन्नता भए पनि अहिले हामीहरु एकजुट भएर लागेका छौं । अहिले हामीसँग काम नगर्ने छुट नभएकाले निजी क्षेत्र र समग्र देश विकासका लागि सबै एकजुट भएर लागेका छौं ।

सबै पूर्वअध्यक्षहरुले त जिम्मेवारी पाएनन् नि ? चण्डीराज ढकालप्रति कति साह्रो इगो साँध्नुभएको ?

हो । केही पूर्वअध्यक्षहरुले जिम्मेवारी पाउनुभएको छैन । उहाँहरुलाई पनि हामीले समेट्ने प्रयास गरेका छौं । यसमा पक्षपात भएको होइन । र, इगो पोखेको पनि होइन । पूर्वअध्यक्षहरु हाम्रा गहना हुन् । महासंघ यहाँसम्म आइपुग्नका लागि उहाँहरुको योगदान ठूलो छ । पूर्वअध्यक्षहरु पनि कुनै न कुनै जिम्मेवारीका साथ महासंघमा जोडिराखेका छौं । छुटेका पूर्वअध्यक्षलाई पनि हामी समेटेर लैजान्छौं ।

अध्यक्ष बन्नुअघि सचिवालयको संरचना परिवर्तन गर्ने र लेखाप्रणालीमा थुप्रै समस्या भएकाले त्यसलाई व्यवस्थित र पारदर्शी बनाउने प्रतिवद्धता गर्नुभएको थियो । यसमा के कस्ता काम भइरहेका छन् ?

महासंघको अकाउन्टिङ सिस्टमलाई पारदर्शी बनाउन अनलाइन प्रणालीमा जाँदैछौं । त्यसका लागि सफ्टवेयर पनि खरिद गरिसकेका छौं । सार्वजनिक संस्था भएकाले खर्चलाई परादर्शी बनाउने योजनाअनुसार काम अघिबढाएका छौं । र, सचिवालय सुधारमा महासंघलाई अझ बढी पारदर्शी र जवाफदेही बनाउने योजनाअनुसार हरेक पक्षमा काम भइरहेको छ । छिट्टै यसको पनि नतिजा देखिनेछ ।

कुनै व्यक्ति पार्टी प्रवेश गर्छ र यो मुलुकलाई समृद्धिको बाटोमा लैजान्छु भन्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन । यदि कोही व्यक्तिगत स्वार्थमा गएका छन् भने त त्यसमा मैले केही भन्न सक्ने कुरा होइन । हामीले यसको नकारात्मक पक्षमात्रै खोज्नु हुँदैन । सकारात्मक पक्ष पनि छन् । राजनीतिमार्फत् आफ्नो क्षेत्रलाई राम्रो गर्नका लागि पनि गएको हुन्छ । सँधैभरी राजनीतिलाई गलत हो भन्न मिल्दैन । भोलिका दिनमा निजी क्षेत्रले नेतृत्व नै लिन पनि सक्छ ।

महासंघमा सरकारी कोष दुरुपयोग भएको भन्दै यसअघिका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा नै दिनुभयो । जुन कार्यसमितिमा तपाईं पनि बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अब फेरि यस्तो दिन दोहोरिएला कि नदोहोरिएला ?

ती सबै इतिहासका विषय हुन् । इतिहासबाट केही सिक्नु पनि पर्छ । र, उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठनमात्रै नभइ विश्वासको केन्द्र पनि भएकाले यसलाई कायम राख्नुपर्छ । बैठकमा जाँदा मैले जहिले पनि पारदर्शीताको कुराहरु स्पष्टसँग राखेको छु । बेरुजु हुनुहुँदैन र सबैले देख्ने गरी नै कारोबारको जानकारी राख्छौं । जसकारण त्यस्ता दिन अब कहिल्यै दोहोरिने छैनन् ।

तपाईंले सार्वजनिक गर्ने भनिएको भजिन पेपरको ‘ट्रेलर’ पनि हेरियो÷पढियो । हरेक भिजन पेपरहरु पेपरमा असाध्यै राम्रा हुन्छ । तपाईंहरुले दुख गरेर तयार पारेको भिजन पेपर पनि राम्रो छ । यथार्थपरक छ । कार्यान्वयन कसरी हुन्छ ?

भिजन पेपर बनाउनु भनेको १ प्रतिशतमात्रै काम हुनु हो । निश्चय पनि तपाईंले भनेजस्तै हरेक भिजन पेपरहरु पेपरमा राम्रा हुन्छन् । तर जबसम्म यसको कार्यान्वयन हुँदैन, तबसम्म त्यसको अर्थ छैन । किनभने भिजन पेपर आफैंले पनि पनि केही गर्ने होइन । तर, भिजन पेपरमा हामीले जुन प्राथमिकता औंल्याएका छौं, त्यसलाई विभिन्न फोरमहरुमा राखेर टाइमलाइन निर्धारण गरेर काम अगाडि बढाउँछौं । यो भिजन पेपर बनाउँदा म ७ वटै प्रदेशमा पुगेको छु । र, सबै जिल्ला नगरका अध्यक्षहरु, वस्तुगतका अध्यक्ष र पदाधिकारीलाई पनि भेटेर सुझाव लिएको छु । यो महासंघको भिजन पेपरमात्रै नभएर सम्पूर्ण निजी क्षेत्रको हुनुपर्छ भन्ने विश्वास राखेका छौं । यो चैत २८ गते सार्वजनिक भइसकेपछि कार्यान्वयनका लागि सबैसँग सल्लाह र सझुाव लिएर काम गर्नेछौं ।

महासंघ कार्यान्वयन गर्ने निकाय होइन । कार्यान्वयन गर्ने सरकारले हो । सरकारमा राजनीतिक दलका प्रतिनिधिहरु हुन्छन् । राजनीतिक दलले आफ्नै घोषणापत्रमा गरेका प्रतिवद्धता र सरकारले बजेटमा गरेका ब्यवस्था त कार्यान्वयन नहुने देशमा व्यवसायीहरुको संस्थाले तयार पारेको भिजन पेपर कार्यान्वयन हुन्छ भनेर कसरी पत्याउने ?

हामीले सकारात्मक सोच्नुपर्छ । भिजन पेपरको मस्यौदा राष्ट्रिय योजना अयोगका साथै प्रधानमन्त्री कार्यालयमा पनि प्रस्तुत गरेको छु । यसबीचमा मैले अधिकांश बुँदामा उहाँहरुको सहमति पाएको छु । उहाँहरुबाट हामीले प्रोत्साहन पाएका छौं । उहाँहरुले स्वामित्व ग्रहण गर्छौ भन्नुभएको छ । सबैको उदेश्य यो देशको समृद्धिमा निजी क्षेत्रको आँखाबाट यो भिजन पेपरले देखाएको छ । भिजन पेपरले सन् २०३० सम्ममा कसरी १०० खर्बको अर्थतन्त्र बनाउन सकिन्छ । र, कसरी २३ लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने तथ्यसहितका परिकल्पना गरेको छ ।

भिजन पेपरको गुदी कुरा के हो ?

अर्थतन्त्रमा तीन भाग हुन्छ । उद्योग, कृषि र सेवा हुन्छ । अब उदाहरणका लागि कृषिमा कुरा गर्दा हाम्रो सोच बदलिनु आवश्यक छ । अब हामीले जे आवश्यक छ त्यो मात्रै उत्पादन नगरेर नाफा हुने खालका उत्पादनमा पनि ध्यान दिनु जरुरी छ । यसो गर्दा कृषक समृद्ध पनि हुन सक्छ भने रोजगारी पनि बढ्छ । त्यसबाहेक कृषिमा पूर्वाधार सुधार गर्न सकिन्छ । त्यसका साथै इ-हाटको अवधारणा पनि ल्याएका छौं । यसमा विचौलियालाईं हटाएर किसानलाई सीधै बजारसँग जोड्ने प्रयास गर्नेछौं । यसका लागि मोबाइल एपका माध्यमबाट किसानलाई कसरी धेरैभन्दा धेरै नाफा गराउन सक्छ भन्नेमा ध्यान दिएका छौं । किसानलाई नयाँ-नयाँ प्रविधिको उपलब्धता र प्रयोगबारे पनि भिजन पेपरमा उल्लेख गरेका छौं ।

त्यसबाहेक उद्योगको विषयमा पनि कसरी लागत कम गराउने भन्ने विषयमा पनि हामीले पेपरमा उल्लेख गरेका छौं । अहिले लागत मूल्य भएकाले कस्ट अफ डुइङ बिजनेस बढेको छ । हामीले अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएको खर्च पनि हेरेका छौं । लागत घटाउन सकियो भने अहिले व्यापारमूखी भएको अर्थतन्त्रलाई उद्योगमुखी बनाउन सकिन्छ । हामीले खर्च घटाउने कुरा उल्लेख गरेका छौं ।

हामीले सरकारको सँधै आलोचना मात्रै पनि गर्नु हुँदैन । जहाँ राम्रो काम भएको छ त्यहाँ प्रशंसा पनि गर्न सक्नुपर्छ । नराम्रा काम भएको ठाउँमा आलोचनासहित आफ्ना भनाइ प्रष्टरुपमा राख्नुपर्छ ।

साथै कसरी निर्यातमुखी उद्योगलाई केही प्रोत्साहन गर्न सक्छौं भन्ने पनि उल्लेख गरेका छौं । निर्यातमा इन्टेन्सिभको कुरा गरेका छौं, निर्यात प्रमोसन जोनको पनि कुरा उल्लेख गरेका छौं । यसमा बंगलादेशको उदाहरणका रुपमा लिँदा अहिले बंगलादेश दोस्रो ठूलो गार्मेन्ट उद्योगका रुपमा विकास भएको छ । सेवा क्षेत्रको हकमा नेपाललाई दक्षिण एशियामा सबैभन्दा अगाडि ल्याउन सकिन्छ । नेपाली युवाहरुको आइटी क्षेत्रमा ठूलो लगाव छ । र, दक्षिण एशियामा सबैभन्दा उत्कृष्ट बनाउन कसरी सकिन्छ भन्ने आधार पनि पेपरमा लेखिएको छ ।

तपाईंले भिजन पेपर बनाइरहँदा काठमाडौंमा वायूप्रदुषण उत्कर्षमा छ । कैयन देशमा जलवायु परिवर्तनका कराण हिमतालहरु फुटेका छन् । एकातिर हामीले तीव्र गतिमा आर्थिक विकास गर्नुपरेको छ । अर्कातिर वातावरण पनि जोगाउनु पर्ने बाध्यता छ । यी दुबैलाई कसरी सँगसँगै अघि बढाउन सकिएला ?

वातावरणीय दृष्टिका हिसाबले अहिले प्रदुषण फैलिएको छ पक्कै पनि तर पछिल्लो १ दशकयता विश्वमै हेर्ने हो भने पनि गरिबीको रेखाभन्दा जति मानिस बाहिर आएका छन् त्यो गती पहिले कहिल्यै पनि भएको थिएन । गरिबीबाट निस्कन सबै राष्ट्रहरुले प्रयास गरेका छन् । जहाँसम्म वातावरणीय ह्रास निकै गम्भीर विषय छ । हामीले वातावरण जोगाउँदै विकास निर्माणका काम पनि अगाडि बढाउनु पर्ने हुन्छ ।

सरकारले नेपाललाई रातारात अल्पविकसितबाट बिकासोन्मूख देशमा स्तरोन्नति गरेको छ । यसले हामीलाई के कस्ता फाइदा तथा बेफाइदा गर्छ ?

सरकारको यो निर्णयले हामीलाई मनोवैज्ञानिकरुपमा सकरात्मक प्रभाव पार्छ । फेरि हामीले केही न केही विकास पनि त गरेका छौं । केही सूचकमा लक्ष्य पूरा गरेका छौं भने केहीमा अझै बाँकी छ । यसका लागि हामीसँग सन् २०२५ सम्मको समय पनि छ । अब हामीसँग आफूलाई तयारी गर्नका लागि ४ वर्षको समय पनि छ । तर, अब यो स्तरोन्नति भइसकेपछि निर्यातमा पाउँदै आएको सहुलियत पाइँदैन । यसमा कसरी काम गर्ने भन्नेमा हामीले काम गर्नुपर्छ । अहिले युरोप लगायतमा अति कम बिकसित देशका रुपमा फाइदा लिएका थियौं । अब यसका लागि पनि सोचेर काम गर्नुपर्ने अवस्था छ ।

महासंघले सरकारका निर्णयमा आलोचना गरिरहेको हुन्छ । तर बालुवाटार पुगेर प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट्दा भने सरकारको तारिफ गरेको देखिन्छ । केही दिनअघिको भेटमा तपाईं स्वयंले पनि खुलेरै सरकारको प्रसंसा गरेको देख्दा चाहीँ अलि सुहाएन कि भन्ने चर्चा व्यवसायी वर्गबाटै सुनिन्छ नि ?

हामीले सरकारको सँधै आलोचना मात्रै पनि गर्नु हुँदैन । जहाँ राम्रो काम भएको छ त्यहाँ प्रशंसा पनि गर्न सक्नुपर्छ । नराम्रा काम भएको ठाउँमा आलोचनासहित आफ्ना भनाइ प्रष्टरुपमा राख्नुपर्छ । कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरपछि हामीलाई रिकभर हुनका लागि धेरे समय लाग्छ भनिएको थियो । हामीले पनि अर्थतन्त्र केही समय संकटमा रहने आँकलन गरेका थियौं । तर, अहिले पर्यटन र केही क्षेत्रबाहेक अधिकांश क्षेत्रहरु रिकभरी भइसकेका छन् । यसका लागि सरकारले बैंकिङ प्रणालीमा तरलता बढी राख्ने आधार बनाइदियो । त्यसो हुँदा ब्याजदर घट्यो र उद्योगहरु छिटो तंग्रिन पाए । सरकारले मौद्रिक नीतिलगायतका व्यवस्थाबाट जुन नीति लियो त्यसका कारणले नेपालले छिटो रिभाइभ गर्न सफल भएको हो । जुन अरु देशले गर्न सकेका छैनन् । आजमात्रै विश्व बैंकको यो वर्ष नेपालको सकारात्मक वृद्धिदर हुने भनेको छ । यस्तो अवस्थामा २.७ प्रतिशतको आर्थिक वृद्धिदर हुने विषय निकै सकारात्मक हो । त्यसैले राम्रो काम गरेको अवस्थामा सरकारको प्रसंसा गर्न निजी क्षेत्रले संकोच मान्नु हुँदैन ।

व्यक्तिगतरुपमा भन्दा स्वास्थ्य क्षेत्रमा, भ्याक्सिनमा लगानी बढाउँदै छु । भ्याक्सिन लाइभ स्टोक र पोट्रीको भ्याक्सिनहरु छन् । र, यसैमा पनि लगानी बढाउँदै छौं । डिजिटलको क्षेत्रमा अहिले अध्ययन गरिरहेका छौं । त्यसमा केही समय लाग्ला । हामी काम गरिरहेका छौं । अब अर्को वर्षसम्ममा त्यो पनि शुरुवात गर्नेछौं ।

सकरात्मक प्रचार गरिदिन सरकारको दवाव पो छ कि ?

महासंघ निजी क्षेत्रको धरोहर र आस्थाको केन्द्र हो । महासंघ कसैले प्रसंसा गरिदेउ भन्दा गरिदिने र कसैले आलोचना गरिदेउ भन्दा आलोचना गरिदिने संस्था होइन । हामीलाई जे ठीक लाग्छ त्यही गर्ने हो । यथार्थ बोल्ने हो । हामीलाई सरकारमा बस्नेहरुले सकरात्मक प्रचार गरिदिन कुनै पनि प्रकारका आग्रह, अनुरोध वा दवाव दिएका छैनन् ।

तपाईंलाई साक्षी राखेर बालुवाटारमा २०० व्यवसायीहरु एमाले पार्टीमा प्रवेश गरे । यो दृश्यले तपाईंलाई कस्तो अनुभूति गरायो ?

मेरो उपस्थितीमा यो भएको होइन । हामी निजी क्षेत्रको समस्या राख्न त्यहाँ गएका थियौं । र, त्यो कार्यक्रम सकिएपछि हामी त्यहाँबाट हिँड्यौं ।

भनेपछि पार्टी प्रवेशको कार्यक्रमबारे तपाईंलाई जानकारी दिइएको थिएन ? र, तपाईं साक्षी पनि बस्नुभएन ?

हामीलाई त्यसबारेमा केही पनि जानकारी थिएन् । म कार्यक्रम सकिएपछि हिँडेको हो । त्यसपछि पार्टी प्रवेश र रात्री भोज थियो । म सहभागी भइन ।

तपाईंले निर्वाचनको समयमा काँधै हालेका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान एमाले प्रवेश गर्नुभयो । सल्लाह लिनु भएको थियो कि थिएन ?

मसँग किन सल्लाह लिनु ? त्यो उहाँको व्यक्तिगत कुरा हो । राजनीतिमा प्रवेश गर्नुका पछाडि उहाँका केही न केही उद्देश्य छन् होला जसले अर्थतन्त्रलाई फाइदा नै पुग्छ भन्नेमा मलाई विश्वास छ ।

व्यवसायीले व्यापार गर्न छाडेर राजनीति गर्न थालेपछि नेता र व्यवसायीमा के फरक भयो र ?

यो नेपालका लागि नौलो कुरा होइन । अहिले हरेक दिनव्यवसायीहरु राजनीतितिर गएका छन् । नेपाल पनि सबैले चाहेको समृद्धि नै हो । यसका लागि निजी क्षेत्रले नेतृत्व लिएका मुलुकमा समृद्धि छिटो आएको छ । भारत र बंगलादेशमा उद्योगी व्यवसायीहरु राजनीतिमा पनि आएका छन् । बंगालदेशमा त निजी क्षेत्रले राजनीतिमा पनि ठूलो भूमिका खेलेका छन् । भनेपछि पार्टी प्रवेश गर्नुलाई ठूलो कुरा होइन ।

राजनीति नै गर्ने भए अरु पार्टीहरु पनि छ । व्यवसयाीहरुले सत्ताधारी पार्टी नै किन रोजेका होलान् ?

कुनै व्यक्ति पार्टी प्रवेश गर्छ र यो मुलुकलाई समृद्धिको बाटोमा लैजान्छु भन्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन । यदि कोही व्यक्तिगत स्वार्थमा गएका छन् भने त त्यसमा मैले केही भन्न सक्ने कुरा होइन । हामीले यसको नकारात्मक पक्षमात्रै खोज्नु हुँदैन । सकारात्मक पक्ष पनि छन् । राजनीतिमार्फत् आफ्नो क्षेत्रलाई राम्रो गर्नका लागि पनि गएको हुन्छ । सँधैभरी राजनीतिलाई गलत हो भन्न मिल्दैन । भोलिका दिनमा निजी क्षेत्रले नेतृत्व नै लिन पनि सक्छ ।

हामी निर्वाचनमा जाँदा राजनीति गरेका थियौं । तर अहिले महासंघ एकढिक्का भएको छ । महासंघको निर्वाचनमा लक्ष्य र उदेश्य एउटै हुन्छ । जाने बाटो पनि एउटै हुन्छ । राजनीतिमा फरक फरक बिचारधारा हुन्छ । त्यसैले हामी मिल्ने आधारहरु धेरै हुन्छन् । आजका दिनमा कोही पनि पक्ष र विपक्षमा छैनन् भनेर भन्नसक्छु ।

पार्टी प्रवेश गरेर सत्तासँग नजिक नभएका व्यवसायी र स्वतन्त्र तथा अन्य पार्टीसँग निकट व्यवसायीहरुले पाउने अवसर त फरक होला नि, होइन र ?

त्यो अलिकति संकुचित भयो भन्ने लाग्छ । त्यो हुँदैन पनि भन्न मिल्दैन । निजी क्षेत्रलाई आज के गरेर बढी लगानी ल्याउन र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने थाहा छ । आजका दिनमा निजी क्षेत्रले लगानी नगरी सम्भव छैन ।

निजी क्षेत्रले लगानी नगरी पनि सम्मृद्धि संभव छैन त । राजनीति नगरी खुरुखुरु लगानी मात्रै गरे त सम्मृद्धि किन संभव नहुनू ?

म आजका दिनमा महासंघमा समस्या समाधानका लागि लागेको छु । कोही साथी राजनीतिमा गएर समस्या समाधानमा लाग्ने हो भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने लाग्छ ।

तपाईंलाई पनि त पार्टी प्रवेशको प्रस्ताव आएको होला नि ?

छैन । राजनीतिमा जाने र कुनै पार्टी प्रवेश योजना पनि छैन । बरु महासंघको कार्यकाल सकिएपछि म आफ्नै व्यवसायमा फर्किने छु । त्यसका साथै मेरा केही व्यक्तिगत चाहना र योजनाहरु छन् । जस्तैः हिमाल चढ्ने योजना र रुचि दुबै छ । अफ्रिकाको किलमञ्जरो हिमाल चढिसकेको छु । त्यसैले आफ्ना केही व्यक्तिगत योजनाहरु नै पूरा गर्नेतर्फ लाग्ने छु । अहिले मेरो सोच महासंघमै बसेर समस्या समाधान गर्न सकिन्छ र राजनीति मै जानुपर्दैन भन्नेमा विश्वास छ ।

###

प्रसंग बदलौं, कोरोना महामारीको पहिलो संकटबाट तंग्रिन नपाउँदै दोस्रो रुप देखा पर्ने संकेत देखिएको छ । यसले अर्थतन्त्रमा कस्तो असर गर्ला ?

हामीलाई यसले एकदमै चिन्तित बनाएको छ । केही समयअघि यो सकियो कि भन्दा खुसी लगोको थियो । तर अहिले कोरोनाको नयाँ प्रकारको फेरि अर्थतन्त्रमा समस्या ल्याउँछ कि भन्ने डर पनि छैन ।

फेरि लकडाउन भयो भने अर्थतन्त्रले धान्ला ?

लकडाउन कुनै पनि समस्याको समाधान होइन । विश्व स्वास्थ्य संगठनले भनेको स्वास्थ्य सुरक्षाको उपाय अपनाउनु पर्छ । लकडाउन कुनै पनि समस्या समाधान होइन । अब हामीले लग्जरी अफोर्ड गर्न सक्दैनौं । अर्थतन्त्र जुनरुपमा रिकभर भएको छ त्यो चमत्कार हो । तर, फेरि लकडाउन भयो भने त्यो हुन सक्दैन । अझै पनि पर्यटन क्षेत्र समस्या ग्रस्त अवस्थामा छ । फेरि पनि यो समस्या आयो भने अर्थतन्त्रमा विकराल रुप लिनसक्छ ।

कोरोनाका कारण ठूला व्यावसायी पनि प्रभावित भए । तर कतिपय साना तथा मझौला व्यवसाय बन्द नै हुने अवस्थामा पुगे । साना व्यवासयीले राहत नपाएको गुनासो गरिरहेका छन् । महासंघकले के कस्ता पहल गरिरहेको छ ?

साना तथा मझौला प्रकृतिका व्यवसायको समस्या गम्भीर छ । हामीले भर्खरै बैंकर्स एशोसिएसनसँग साना तथा मझौला व्यवसायीले कसरी कर्जा लिन पाृँछन् भन्ने विषयमा सम्झौता गरको छौं । त्यसका लागि निर्देशिका पनि बनाएका छौं । त्यसलाई सार्वजनिक पनि गर्नेछौं । साना र मझौला समस्यामा भएका अन्य समस्या समाधानका लागि फोकस गरी अगाडि बढ्ने छौं । यो भिजन पेपरमा पनि उल्लेख गरेका छौं । स्टार्टअपलाई अगाडि बढाउनका लागि पनि काम अगाडि बढाएका छौं । ५० वटा स्टार्टअप कम्पनीलाई बिऊ पुँजी जुटाउने प्रक्रिया अगाडि बढाएका छौं ।

भनिन्छ हरेक संकटले नयाँ नयाँ अवसरहरु ल्याउँछ । कोरोना महामारीले के कस्ता अवसरहरु ल्याएको देखिरहनुभएको छ तपाईंले ?

एउटा माइन्ड सेट चैँ धेरै नै परिवर्तन गरेको छ । मानिसहरु व्यक्तिगत स्वास्थ्यमा खर्च गर्न थालेको देखेको छु । त्यसबाहेक अनलाइन व्यवसायमा पनि निकै सम्भावना छ । नेपालमा अहिले पनि बामे सर्दैछ । त्यसैगरी अनलाइन सर्भिसेजमा पनि धेरै सम्भावना छ । पेमेन्ट गेटवेदेखि क्यासलेस कारोबार पनि बढेको छ । यसमा पनि कैयन सम्भावना पनि छन् ।

तपाईं आफैं देशको ठूलो व्यापारिक घरानाको लिडर हुनुहुन्छ । कुन क्षेत्रमा लगानी बढाउँदै हुनुहुन्छ ?

व्यक्तिगतरुपमा भन्दा स्वास्थ्य क्षेत्रमा, भ्याक्सिनमा लगानी बढाउँदै छु । भ्याक्सिन लाइभ स्टोक र पोट्रीको भ्याक्सिनहरु छन् । र, यसैमा पनि लगानी बढाउँदै छौं । डिजिटलको क्षेत्रमा अहिले अध्ययन गरिरहेका छौं । त्यसमा केही समय लाग्ला । हामी काम गरिरहेका छौं । अब अर्को वर्षसम्ममा त्यो पनि शुरुवात गर्नेछौं ।

कोरोनाबाट के पाठ सिक्नु भयो ?

पक्कै पन कसैले पनि कल्पना नगरेको अवस्था आएको थियो त्यो । हामीले चलचित्रमा मात्रै हेरेका थियौं । अहिले पनि समस्या समाधान भएको छैन । म कोरोना महामारीको समयमा पनि व्यस्त नै थिए । कहिले अर्थमन्त्रालय त कहिले राष्ट्र बैंकमा गएर भेटघाट गरिरहेका थियौं । घरमा निकै कम समयमात्रै बस्न पाएँ । म कहिल्यै पनि धार्मिक व्यक्ति होइन । तर अध्यात्ममा विश्वास गर्ने भएकाले त्यसमा आफूलाई सुधार गर्ने मौका पाएँ । धेरै अध्यात्मिक पुस्तकहरु पढ्न पाएँ । आफ्नो जीवनलाई सोही अनुसार परिवर्तन गर्ने मौका पनि पाएँ ।

व्यवसायीहरु पैसाको पछि मात्रै दौडिन्छन भनिन्छ । फेरि व्यवसाय गर्ने नै पैसा कमाउनका लागि हो । लकडाउनका समयमा पैसा केही पनि होइन रहेछ भन्ने लागेन ?

हाम्रो समाजमा पैसा कमाउनु भनेको नराम्रो काम हो भन्ने अर्थमा पनि बुझेको पाइन्छ । किनभने पैसा कमाउनु त व्यवसायीको उद्देश्य नै हो । तर, पैसा जीवन होइन । कोरोनाको समयमा धेरैले यो कुरा राम्रोसँग बुझेको हो भन्ने मलाइ लाग्छ । जीवन जिउनका लागि अन्य सुखहरु पनि चाहिन्छ भन्ने कुरा क्लियर भएको छ ।

लोकतन्त्रलाई स्वस्थ र जीवीत राख्न निर्वाचन अपरिहार्य छ । जहाँ निर्वाचन हुन्छ, त्यहाँ राजनीति हुनु स्वाभाविक नै हो । तपाईंले यो पटक महासंघको निर्वाचनमा राजनीतिलाई सँधैका लागि अन्त्य गर्न हामीले राजनीति गरेका हौं भन्नु भएको थियो । महासंघमा राजनीति अन्त्य भयो कि बाँकी नै छ ?

हामी निर्वाचनमा जाँदा राजनीति गरेका थियौं । तर अहिले महासंघ एकढिक्का भएको छ । महासंघको निर्वाचनमा लक्ष्य र उदेश्य एउटै हुन्छ । जाने बाटो पनि एउटै हुन्छ । राजनीतिमा फरक फरक बिचारधारा हुन्छ । त्यसैले हामी मिल्ने आधारहरु धेरै हुन्छन् । आजका दिनमा कोही पनि पक्ष र विपक्षमा छैनन् भनेर भन्नसक्छु । फेरि निर्वाचनमा जाँदा पक्ष र विपक्षमा हुने अवस्था नआउला चाहीँ भन्न सकिँदैन । स्वस्थ निर्वाचन र पक्ष विपक्षलाई चरम राजनीति भनेर नकरात्मकरुपमा लिनु पनि त हुँदैन नि ।

फेरि पनि महासंघको विधान संशोधनको कुरा उठेको छ । विधान संशोधनको तरबार देखाएर तपाईंलाई विगतमा जे जति पीडा दिइयो । अहिलेका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले तपाईंले भोगेजस्तै पीडा भोग्नु पर्ला कि नपर्ला ?

मैले जुन पीडा भोगेको थिएँ । त्यो पीडा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई भोग्न दिनेछैन । तर पनि विधान संशोधन जरुरी छ । पूर्वअध्यक्ष कुशकुमार जोशीले त्यसको नेतृत्व गर्नु भएको छ । संशोधन किन पनि जरुरी देखियो भने अध्यक्षको निर्वाचनको सम्बन्धमा, अध्यक्षको कार्यकालको सम्बन्ध संशोधन जरुरी देखिएको छ । प्रदेशलाई सुदृढ बनाउने र प्रदेशलाई कसरी अझ बढी प्रभावकारी बनाउने र कसरी अहिलेको कार्यसमितिलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाउनका लागि कसरी सुधार गर्न सकिन्छ भन्ने विषय अहिलेको विधान संशोधनमा उल्लेख छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स