दुई युवाको विश्व भ्रमण गराउने स्टार्टअपः ५ महिनामै करोडौं आम्दानी, यस्तो छ रामकहानी
काठमाडौं । नेपाल आफैंमा पर्यटन तथा पर्यटकीय क्षेत्रको रुपमा स्थापित छ । कोरोनाका कारण अस्तव्यस्त भएको पर्यटन उद्योग क्रमशः सुधार हुने अपेक्षा रहेको भएपनि पुनः कोरोनाको दोस्रो लहर शुरु भएका कारण समस्या अझै लामो समयसम्म कायम रहने देखिएको छ ।
पर्यटन क्षेत्रलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने आवाज पनि उठीरहेको छ । यसलाई प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि उत्तिकै देखिएको छ ।
प्रविधिको प्रयोगबाट पर्यटन क्षेत्रमा नयाँ-नयाँ अवसर खोज्न सकिन्छ भन्ने पनि स्थापित हुँदै आएको छ । विशेषत भारतमा प्रविधिको प्रयोगमार्फत् स्टार्टअपमा पर्यटन क्षेत्रलाई पनि जोडिएको छ । यसैको एक सफल उदाहरणको रुपमा आजको यस आलेखमा प्रस्तुत गर्ने जर्मको गरिएको छ । ट्राभल टेक स्टार्टअपका माध्यमबाट पर्यटन क्षेत्रलाई सबलरुपमा अगाडि बढाइएको छ ।
यो सन् २०२० मा मात्रै शुरु गरिएको हो । स्टार्टअप शुरु भएको २ महिनापछि मात्रै भारतमा लकडाउनको घोषणा गरियो । लकडाउन पछि पुनः नाभेम्बरदेखि काम शुरु भएको छ । पछिल्लो ५ महिनाको अवधिमा मात्रै २ करोड भारु अर्थात् ३ करोड २० लाख बराबरको कारोबार भएको छ ।
मध्यप्रदेश तथा राजस्थानमा रहने दुई साथीले पञ्जाबमा पढाईको क्रममै स्टार्टअपको काम शुरु गरेका थिए । लकडाउनको करीब ७ महिनाको अवधिमा प्ले स्टोरका लागि एपको १८०० शुल्क तिर्न पनि उनीहरुलाई समस्या नै हुने अवस्था आएको थियो ।
तर, परिस्थिति क्रमशः सहज बन्दै गएको छ । इन्जिनियरिङ पढीरहेका एक सिनियर र एक जुनियर साथीको सोच अनुसार उक्त स्टार्टअप शुरु गरिएको हो । उनीहरुले समान लगानीमा उक्त स्टार्टअप शुरु गरेका हुन् । मुख्यगरी भारतको मध्यप्रदेशको भूपालको ताल्लुकमा रहने २८ वर्षीय शाहबर हसन तथा राजस्थानमा दीपक धायकले पञ्जाबको लवली प्रोफेशनल विश्वविद्यालयबाट इन्जिनियरिङको पढाई पूरा गरे ।
उनीहरुले जनवरी, २०२० मा एक आपसमा मिलेर ‘किंग हिल्स’ नामक यात्रासम्बन्धी स्टार्टअपको शुरुवात गरे । तर, उक्त काम शुरु गरेको २ महिना हुँदा नहुँदै भारतमा लकडाउन शुरु भयो । त्यतिबेलासम्म उनीहरुले १ लाख ५० हजार भारु बराबरको मात्रै कारोबार गर्न सफल भएका थिए ।
लकडाउनको ७ महिासम्म उनीहरुले आफनो व्यापार कसरी बढाउने भन्ने बारेमा मात्रै सोचविचार गर्न पाए । उक्त समयमा उनीहरुको वचत पनि सकियो । नोभेम्बर २०२० मा पुनः व्यवसायको शुरुवात भयो । उनीहरुले पहिलेको घाटा उठाए ।
पछिल्लो ५ महिनामा उनीहरुले भारतका सम्पूर्ण पर्यटकीय क्षेत्रका अलावा माल्दिव्स र दुबईसम्म ३५०० भन्दा बढी पर्यटकलाई यात्रा गराए । त्यसबाट उनीहरुले २ करोड भारु बराबरको आम्दानी समेत गरेका छन् ।
सन् २०१५ मा एक साथीको भने आफनो पढाई पूरा भयो । त्यस समय दीपक दीपकको भने पढाई जारी थियो । उनीहरु दुवैलाई जागिर गर्ने विषयमा कुनै चासो थिएन । किनकी उनीहरु भन्थे बिहान १० बजेदेखि साँझ ५ जबेसम्म एउटा कुर्सीमा बसेर गर्ने जागिरको काम छैन । सोही समयमा उनीहरुले गोल्फ कार्टको उत्पादन गरेर बिक्री गर्ने काम शुरु गरे ।
उनीहरुकै शब्दमा
हामीले गोल्फ कार्टको उत्पादन गरेर उनीहरुको रेटमै दिन्थ्यौं । करतारपुर करिडोरका लागि हामीले गृहमन्त्रालयको समेत रेटमा गोल्फ कार्टको काम गर्यौं । त्यसका अलावमा कयौं ठूला ठूला क्याम्पसमा समेत हामीले उत्तः कोर्स बनायौं । उक्त व्यापार गर्दा गर्दै हामीलाई होलिडे प्याकेजको बारेमा समेत सोधी खोजी आयो ।
हामीले सोच्यौ, यसमा किन काम नगर्ने । फेरी हामीले सोच्यौ, देशमा धेरैले यही काम गरिरहेका छन् भने हामीले किन फरक तरिकाले नगर्ने । त्यसमा हामीले पूराका पूरा सोच विचार गर्यौं । र, अनुसन्धान पनि गर्यौं । हामीले ग्रप डिपार्चारमा नै केन्द्रीत गर्यौं ।
किनकी यो सहज हुसन थाल्यो । त्यसमा राम्रा सुविधा पनि मिल्थ्यो । त्यसमा कम्पनीको ट्राभल म्यानेजर, परामर्शदाता पर्यटकका साथमै जान्छन् । हामीले देख्यौं कि साना शहरमा ग्रुप डिपार्चार हुन सक्दैनथ्यो । कम्पनीले पर्यटकलाई दिल्ली वा मुम्बई बोबलाएर त्यहाँबाट मात्रै डिपार्चर गराउने गरेका थिए । हामीले त्यसैमा केही नयाँ गर्यौं । पर्यटकलाई शहरबाट नै डिपार्चर गराउने । त्यसका अलावमा हामीले जोडीलाई विशेष प्रकारको प्याकेज बनायौं ।
यस्तै, परिवारका लागि नयाँ तथा अविवाहितका लागि पनि फरक फरक खालको प्याकेज बनायौं । २०२० को जनवरी ३ मा हामीले व्यवसाय शुरु गर्यौं । हामीले यात्रालाई प्रविधिसँग जोड्यौं । किनकी कोही कही कतै घुम्न निस्कियो भने उसको बाबुआमा, नातेदार तथा साथीभाइलाई सुरक्षा तथा सहजतालाई लिएर सँधै चिन्तामात्रै हुन्थ्यो । स्टार्टअपका कारण त्यो जोखिमसमेत कम भएको छ । त्यसका लागि हामीले आफनो एपमा एउटा यस्तो फिचर बनाएका छौं । जसको तपाई आफै वा अरु जो कोहीले पनि मनिटर गर्नसक्छ ।
एपको फिचर
जब तपाई एपबाट कुनै यात्रा तय गर्नुहुन्छ तब यसको जानकारी अपरेशन टिमलाई जान्छ । फेरी तपाईको ट्राभल म्यानेजर असाइन हुन्छ । उक्त समूहको संख्या तथा आवश्यकता अनुसार भर्चुअल तथा वास्तविकरुपमै दुई मोडमा उपलब्ध हुन्छ । यसले तपाईंको हरेक क्षेत्रमा सहयोग गर्छ ।
तपाईलाई आवश्यक पर्ने सवारी साधन तथा होटलको प्रबन्ध हुन्छ । तयसका साथ साथै हरेक पर्यटकलाई एक शेयर कोडसमेत उपलब्ध हुन्छ । त्यसलाई तपाईंले आफनो परिवारलाई समेत जानकारी दिन सक्नुहुन्छ । त्यसबाट तपाईंको परिवारले तपार्इंको लोकेशनसमेत मनिटर गर्नसक्छ ।
१० नोभेम्बरदेखि पुनः व्यवसाय शुरु भयो । अब हामीलाई लाग्यो, अब कि व्यवसाय राम्ररी अगाडि बढ्छ वा हामी नराम्ररी सकिन्छौं । त्यसतर्फ हामीले केन्द्रीत गर्यौ । शुरुवाती चरणमा हामीलाई धेरै घाटा भयो । किनकी जब मानिस ठूलो समूहमा आउँथे, तब हामीलाई फाइदा हुन्थ्यो । तर, एकाध जनालाई समेत हामीले व्यवस्थापन गर्यौं ।
किनकी ग्राहकलाई हामीले इनकार गर्न सकेनौं । हामीले कुनै पनि यात्रालाई रोकेनौं । हामीले व्यवसायलाई होटलसँग टाइअप गरेका छौं । त्यसबाट होटलको व्यवसायसमेत विस्तार हुन्छ । विस्तारै विस्तारै मानिसले हाम्रो कामलाई जब मन पराए ।
तब, व्यवसायमा समेत विस्तार हुन थाल्यो । हाम्रो व्यवसाय विस्तारका लागि फरक–फरक हरमा समेत शाखा कार्यालय खोल्न थाल्यौं । यही तरिकाले पछिल्लो ५ महिनामा हामीले ३ हजार ५०० बढीलाई यात्रा गराएका छौं । तयसबाट झण्डै ३ करोड २० लाख बराबरको व्यवसाय भएको छ ।
हाल भोपाल, इन्दौर, रायपुर, जालन्धर, लुधियाना, फगवाडा, अहमदावाद, राजकोट, सुरत, जयपुर तथा सिकरमा समेत शाखा कार्यालय खोलिएको छ । त्यसका साथ साथै हामीले दुबईमा समेत आफनो शाखा कार्यालय खोलेका छौं । हाम्रो व्यपारिक सोच मन पराएर लगानीका थुप्रै प्रस्तावहरु आएका छन् । हाम्रो सानो सोचले त काम गर्छ, भने तपाईहरु पनि नयाँ तरिका अपनाएर काम गर्नुस्, सफलता मिल्छ । एजेन्सीको सहयोगमा