एटिएम बुथ ह्याक गरेर पैसा चोर्ने चिनियाँ नागरिक पक्राउ



। एटिएम बुथ ह्याक गरेर पैसा चोर्ने चिनियाँ नागरिक पक्राउ गरेका छन् । नेपाल प्रहरीले चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरेको हो ।

दरवारमार्गमा रहेको मेगा बैंकको एटिएम बुथमा ह्याक गरेर पैसा निकाल्न खोज्दा उनी पक्राउ परेका हुन् ।

उनले एटिमएको पिन नम्बर ह्याक गरेर पैसा निकँल्न खोजेका थिए ।

प्रहरीलाई एटिएम बुथबाट अस्वभाविक ढंगले पैसा निकाल्न लागेको सूचनाको आधारमा चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

नेपालमा पछिल्लो समय चिनियाँ नागरिकहरु विभिन्न अपराधमा संलग्न हुँदै आएका छन् । सूचना प्रविधिमा एटिएमबाट पैसा निकालेर चोर्ने तथा अन्य अपराधिक क्रियाकलापमा चिनियाँहरुको संलग्नता बढेको छ ।


क्लिकमान्डु