सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो भने बुधबार ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ हजार १५ रुपैयाँ थियो भने बुधबार २० रुपैयाँ घटेर ११ सय ९५ रुपैयाँ मूल्य कायम भएको छ ।


क्लिकमान्डु