नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा अर्थमन्त्री समक्ष सुझाव पेश



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री समक्ष नीति तथा कार्यक्रम एवम् बजेटका लागि सुझाव दिएको छ ।

भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनमार्फत् मुलुकको सामाजिक आवश्यकताहरु पूरा गर्न, आमजनमानसहरुको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक बृद्धिलाई सहयोग पुर्याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त बृद्धि हुनु पर्ने पृष्टभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरुमा व्यवसायिक संमिश्रण आवश्यक रहेको मुख्य विषायसहित निफ्राले अर्थमन्त्री समक्ष प्रस्तुतीकरण गरेको हो ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक वित्तीय पहुँच पुर्याउने मुख्य उद्देश्य लिई सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार विकासमा नोडल संस्थाका रुपमा रही कार्य गर्न सक्ने प्रतिवद्धता जाहेर गर्दै बैंकले लिएको कार्यदिशा एवम् हालसम्म प्राप्त गरेका उप्लाव्धिहरुको संक्षिप्त विवरण समेत माननीय अर्थमन्त्री समक्षा प्रस्तुत गरेको हो ।

प्रस्तुतीकरणमा अर्थमन्त्रालयको तर्फबाट राजस्व सचिव, सह(सचिवहरु एवम् बैंकको तर्फबाट अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो।


क्लिकमान्डु