गरिमा विकास बैंकले सुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान
काठमाडौं । राष्ट्रियस्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट अपराध र सजाय सम्बन्धी जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो ‘रहनुहोस् होसियार’ नामक अभियान चलाईरहेको छ ।
यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट अपराध र सजाय सम्बन्धी विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ ।
चिठ्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्गमार्फत् हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत् बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ ।
यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आइटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमितरुपमा प्रशिक्षण समेत गरिरहेको छ । हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।