ट्राफिक प्रहरीको ‘होली विशेष सुरक्षा योजना’




काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘होली विशेष सुरक्षा योजना’ लागु गरेको छ ।

होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको हो ।

महाशाखाले विज्ञप्ति जारी गर्दै राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा ट्राफिक सुरक्षा जाँच कडा पारिने जनाएको छ ।

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्दै मोवाईल चेकिङको व्यवस्था मिलाइएको छ ।

त्यसका लागि नियमितबाहेक थप ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।


क्लिकमान्डु