तुँवालोका कारण क्याथे प्यासिफिक एयरलाइन्स दिल्ली डाइभर्ट, आन्तरिक उडानमा डिले



काठमाडौं । राजधानी काठमाडौंको आशाकमा तुँवालो भरिँदा हवाई उडान तथा अवतरणमा समस्या सिर्जना भएको छ । तुँवालोका कारण भिजिविलिटि कम भएका कारण हवाई उडान र अवतरणमा समस्या भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ हङकङबाट आएको क्याथे प्यासिफिकको विमान अवतरण गर्न नसकेर दिल्ली डाइभर्ट भएको छ । त्यसैगरी क्याथे प्यासिफिकको हङकङका लागि साँझ ५ बजे उडान हुने भनिएको विमान तुँवालोका कारण डिले भएको छ ।

यता आन्तरिक उडानतर्फ बुध्द एयरको साँझ ६ बजे र साढे ५ बजे भैरहवा जाने भनिएको विमान मौसमका कारण उडानमा ढिलाइ भएको छ । यति र बुध्द एयरलाइन्सको ५ः५० मा बिराटनगर जाने विमानको उडान पनि ढिलाइ भएको छ ।

त्यसैगरी बुध्द एयरको साढे ५ बजे जनकपुर जाने विमान, यति एयरलाइन्सको सवा ५ बजे भैरहवा जाने विमान, बुध्द एयरको सवा ५ बजे भद्रपुर जाने विमान, बुध्द एयरकै ५ः०५ बजे नेपालगञ्ज जाने विमान पनि मौसमका कारण उडानमा ढिलाइ भएको छ ।

त्यसैगरी बुध्द एयरको ५ बजे सिमरा उडान गर्ने विमान र बुध्द एयर कै साढे ४ बजे भैरहवा जाने भनिएको उडान पनि ढिलाइ भएको छ ।

श्री एयरलाइन्सको ४ः२५ मा बिराटनगर, बुध्द एयरको ४ः२५ बजे बिराटनगर, श्री एयरलाइन्सको ४ः१५ बजे नेपालगञ्ज, बुध्द एयरको ४ः१५ बजेको धनगढीको उडान पनि मौसम खराबीका कारण डिले भएको छ ।


क्लिकमान्डु