कर छली गर्ने ४ कम्पनीविरुद्ध सवा २ अर्ब बिगोसहित मुद्दा दायर



काठमाडौं । नक्कली बिल बनाइ कर छली गर्ने ४ कम्पनी विरुद्ध राजस्व अनुसन्धान विभागले २ अर्बको बिगो दावीसहित मुद्दा दर्ता गरेको छ । वभागले २ अर्ब १७ करोड ३५ लाख १८ हजार १०७ रुपैयाँ बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने सिराहा जिल्ला कल्याणपुर नगरपालिका ११ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ओएनएस इन्टरप्राइजेजका कारोबार सञ्चालक किशोरी यादवसमेत गरी ३ जनाबाट ७६ करोड ६७ लाख ८३ हजार ९२९ रुपैयाँ बिगो दावीसहित विभागले मुद्दा दर्ता गरेको हो ।

ओएनएस इन्टरप्राइजेजका कारोबार सञ्चाल किशोरी यादव, उक्त फर्मका बैंक खाता सञ्चालक विशाल अग्रवाल लिह्ला तथा उक्त फर्मको प्रोप्राइटर प्रमिला देवी यादव समेतको मिलेमतोमा वस्तु तथा सेवा खरिद नै नगरी तथा आयात गरेको मालवस्तुभन्दा फरक मालसामान बिक्री गरी झुट्टा तथा नक्कली मूल्यअभिवृद्धि कर प्रयोग गरेको विभागको आरोप छ ।


क्लिकमान्डु