बियरको ट्रेन्ड वदलिदै, स्ट्रोङमा आकर्षण बढ्यो
काठमाडौँ । काठमाडौँ मनमैजुका ३१ वर्षिय आनिज अधिकारी वियरका पारखी हुन् । ६ महिना अघिसम्म उनी (४.५ देखि ६ प्रतिशत) अल्कोहल भएको बियर पिउथे । अहिले भने उनको आकर्षण स्ट्रोङ बियर मा छ । ‘सफ्ट बियर ३/४ बोतल नपिएसँग नशा लागेको महशुस हुँदैन । स्ट्रोङ बियर २ बोतल पियो भने नशा चढ्छ । एक तिहाई खर्चमै बियर को कौतुहल्ता मेटिन्छ ।’ खर्च कटौती हुने र थोरै पिए पनि नशा चढ्ने भएकाले स्ट्रोङ बियर पिउन थालेको अधिकारीले सूनाए ।
कम अल्कोहल भएको र सफ्ट ड्रिक्सको रूपमा चिनिने बियर नेपालमा भने स्ट्रोङ बियरको खपत बढ्न थालेको छ ।
स्ट्रोङ बियरको उदयसँगै नेपालमा बियर पिउनेको ट्रेन्ड परिवर्तन भएको मदिरा व्यवसायी महासंघका पूर्वअध्यक्षको सन्तोष पाण्डे बताउँछन् । ‘मन्द नशा लिनका लागि बियर खाने गरिन्छ । धेरै खायो भने मात्र नशा लाग्ने गर्थ्यो,’ पाण्डेले भने, ‘तर स्ट्रोङ बियर को आगमनसँग यो ट्रेन्ड बदलिँदो क्रममा छ । स्ट्रोङ बियर थोरै खाए पनि नशा चढ्छ ।’
साथै हाम्रो समाज पनि बदलिने क्रममा छ । कुनै समय थियो, उच्च जातिका मानिसले ड्रिक्स गर्नु हुँदैन भन्ने सोचाई समाजमा व्याप्त थियो । अहिले ड्रिक्सलाई हेर्ने समाजमा नजरिया बदलिएको छ । ड्रिंक्स सामाजिक पिए पदार्थको रूपमा विकसित भइरहेको छ । समाजसँगै संस्कृती पनि परिवर्तन भइरहेको छ । ड्रिक्स नचल्ने जातीको पार्टी र पारिवारिक जमघटमा पनि ड्रिक्सले प्रवेश पाउन थालिसकेको छ । एक दशक अघि सम्म ड्रिक्स गर्दा समाजले बहिस्कार गर्ने हो कि भन्ने अवस्था थियो ।
तर, अहिले ड्रिक्स नगर्ने हो भने समाजमा परिदैन कि भन्ने डर छ । यसले कहिले काही उपयुक्त समय मिलएर ड्रिक्स पिउने वर्ग विकास भएको छ । त्यसमा हार्ड डिक्सभन्दा पनि बियर पिउनेको जमात ठूलो छ । पछिल्लो समय युवाहरुमा बियर प्रतिको आकर्षण बढ्दो क्रममा छ । यस्तो हुनुको पछाडी स्ट्रोङ बियरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ‘प्रिमियम बियर महँगो हुन्छ । नशा चढ्न धेरै पिउनुपर्छ,’ पाण्डेले भने, ‘सस्तो मूल्यमा थोरै पिउँदा पनि स्ट्रोङ बियरले मताउँछ ।’
बियर पिउन रुचाउने तर धेरै खर्च गर्न नसक्नेका लागि स्ट्रोङ बियर उत्कृष्ट विकल्पको रूपमा आएको छ । सस्तो र कडा हुने भएकाले पनि युवाहरू स्ट्रोङ बियर प्रति आकर्षित भएको हुन सक्ने उनको अनुमान छ ।
‘युवा अवस्थाका व्यक्तिको खर्च गर्न क्षमता कमजोर हुन्छ । केही वर्ष अघिसम्म बियर पिउने इच्छा हुनका बाबजुद महँगो पर्ने भएकाले पिउन सकिने अवस्था थिएन’, उनले भने, ‘स्ट्रोङ बियरले ती वर्गका चाहनालाई सम्बोधन गरेको छ ।’
बजारको ट्रेन्डले पनि स्ट्रोङ बियरमा आकर्षण बढेको देखिन्छ । स्ट्रोङ बियर उत्पादन गर्ने नयाँ नयाँ बियर कम्पनी खुलेका छन् । नेपालमा बियर उत्पादन गर्ने १० वटा कम्पनी छन् । जसमध्ये ९ वटाले स्ट्रोङ बियर उत्पादन गरिसकेको छन् ।
बजारमा स्ट्रोङ बियरको माग बढ्दो क्रममा रहेकाले उद्योगहरू यसतर्फ आकर्षित भएर लगानी विस्तार गरिरहेको उनी बताउँछन् ।
काठमाडौँ कपनका सफल जोशी मदिराका पारखी हुन् । बजारमा स्ट्रोङ बियर को आगमनसँगै हार्ड ड्रिक्सको विकल्पको रूपमा स्ट्रोङ बियर पिउन शुरु गरेको बताउँछन् । ‘थोरै नशा र रमाइलो गर्न मदिरा सेवन गर्ने हो । हार्ड ड्रिक्स महँगो हुन्छ । सितन पनि धेरै चाहिन्छ ।’ खर्च कटौती पनि हुने र राम्रौ नशा चढ्ने भएकाले स्ट्रोङ बियरले आफूलाई मोहित गरेको जोशीको भनाई छ ।
यती ब्रुअरीका महाप्रबन्धक अरुण केसीका अनुसार स्ट्रोङ बियर मिठो, बलियो र सस्तो हुने भएकाले यसमा उपभोक्ताको आकर्षण बढेको बताउँछन् । यती ब्रुअरीले २०७३ सालदेखि नेपाल बियर उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
उद्योगले २०७६ सालदेखि नेपालमा अर्ना ८ बियर उत्पादन गरेर बिक्री वितरण थालेको हो । ६.५ प्रतिशत अल्कोहल भएको अर्ना बियरले उपभोक्ताबाट सकारात्म प्रतिक्रिया प्राप्त भएको थियो । यसबाट उत्साहित भएर अर्ना ८ बजारमा ल्याइएको केसीले बताए ।
भारतमा पनि स्ट्रोङ बियर को बजार राम्रो छ । नेपाल र भारतका उपभोक्ताको प्रवित्ति उस्तै खालको हुन्छ । नेपालमा स्ट्रोङ बियर को सम्भावना देखेर अर्ना ८ बियर ल्याइएको हो । ८ प्रतिशत अल्कोहल भएको बियर नेपालमा उत्पादन गर्ने पहिलो कम्पनी नै यती ब्रुअरी भएको उनी बताउँछन् ।
सरकारले प्रत्यक वर्ष जस्तो मदिरामा अन्तशुल्क बढाउँदै आएको छ । अघिल्लो वर्ष अन्तशुल्क बढेन । उपभोक्ताले पुरानै मुल्यमा बियर खान पाउनु भयो । यसले उपभोक्ता तथा व्यवसायीलाई ठूलो राहत मिल्यो । कोभिड–१९ को महामारीबीच पनि बियर को बजार ठिकै रहेको उनको भनाई छ ।
‘सबै बियर मिठो हुन्छ । स्ट्रोङ बियर मिठोका साथै सस्तो र कडा हुने भएकाले उपभोक्ताको रोजाइमा परेको उनको भनाइ छ । बियर पिउन मन लाग्ने तर कम पैसामा रमाईलो गर्ने लागि उच्च आय स्रोत नभएका लागि स्ट्रोङ बियर विकल्पका रूपमा ल्याइएको उनको भनाई छ । लागर बियर को मूल्य बढी र नशा पनि कम चढ्ने भएकाले पनि उपभोक्ता स्ट्रोङतर्फ आकर्षित भएका हुन् ।
प्रिमियम लागर बियर भन्दा स्ट्रोङ बियर मा उपभोक्ताको आकर्षण बढेको काठमाडौंको घट्टेकुलो स्थित सनसाइन सपका संचालक प्रकाश पाण्डे बताउँछन् । लागर बियर को तुलानमा स्ट्रोङ बियर को व्यापार राम्रो भएको पाण्डेको भनाई छ । प्रिमियम लागर बियर दैनिक औषत ३०, ४० बोत्तल बिक्री हुँदा स्ट्रोङ बियर १५० , २०० बोत्तल बिक्री हुने उनी बताउँछन् ।
‘नियमित आय भएका व्यक्ति प्रिमिय लागर बियर नै रुचाउँछन्’, पाण्डेले भने, ‘आय स्रोत अलि कम भएका यूवाहरु भने स्ट्रोङ बियर खोज्न आउँछन् ।’
स्ट्रोङ बियर मा यूवाहरु कै आकर्षण धेरै छ । ‘नशा लिन बियर खाने हो’, उनले भने, ‘जुन बियर खाए पनि एउटै नशा दिने हो ।’
महँगो बियर भन्दा सस्तो बियरले छिटो नशा दिने भएकाले यूवाहरु स्ट्रोङ तर्फ आकर्षित भएको हुन सक्ने उनको भनाई छ । अर्ना, मुस्ताङ, ब्राहसिंगे, अन्नपूर्ण लगाय ब्राण्डका बियर खोज्ने धेरै ग्राहक उनको पसलमा आउने बताए ।