टेस्लाको गाडी किन्न पैसा नचाहिने, बिटक्वाइनबाट भुक्तानी गर्दा हुने



टेस्लाको गाडी किन्नका लागि पैसा नचाहिने भएको छ । टेस्लाका संस्थापक एलन मस्कले टेस्लाको गाडीको भुक्तानी क्रिप्टो करेन्सी बिटक्वाइनबाट गर्न सकिने घोषणा गरेका छन् ।

मस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत् टेस्लाको गाडी बिटक्वाइनमार्फत् खरिद गर्न सकिने जानकारी दिए ।

बिटक्वाइनमा एलन मस्कले ठूलो रकम लगानी गरेका छन् । अमेरिकाभन्दा बाहिरका व्यक्ति तथा कम्पनीले टेस्ला गाडी आयात गर्दा भुक्तानीको माध्यमका रुपमा बिटक्वाइनलाई प्रयोग गर्न सक्ने घोषणा मस्कले गरेका छन् ।

टेस्लाका संस्थापक मस्क कोभिड १९ को समयमा अत्यधिक बढी सम्पत्ति कमाउने अर्बपतिको रुपमा चिनिन्छन् । अर्बपतिको सूचिहरुको तथ्यांक राख्ने फोर्ब्स म्यागेजिनका अनुसार अहिले उनी विश्वको तेस्रो धनी व्यक्ति हुन् । उनको सम्पत्ति १ अर्ब ५७ अर्ब अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु