अन्नपूर्ण हिमाल आरोहणका लागि ४० सहित ४५ जनाले पाए अनुमति, ८८ लाख राजस्व संकलन



काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहण गर्न ४५ जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार ५ वटा समूहका ४५ जना हिमाल आरोहणको अनुमति पाएका हुन् ।

विभागका अनुसार चालु सिजनमा ७ हजार ८६४ मिटर अग्लो माउण्ट नुप्से हिमाल आरोहणका लागि ४ जनाले अनुमति पाएका छन् । त्यसैगरी ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि १ जनाले अनुमति पाएका छन् ।

त्यसैगरी ८ हजार ९१ मिटर उचाइ भएको अन्नपूर्ण हिमाल आरोहरणका लागि ३ वटा समूहका ४० जना विदेशीले हिमाल आरोहणको अनुमति पाएका छन् । अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति पाउनेमा ३० जना पुरुष र १५ जना महिला छन् ।

विभागका अनुसार ५ वटा समूहका ४५ जनाबाट हलासम्म ६० हजार अमेरिकी डलर अर्थात् ८८ लाख २३ हजार १८३ रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागले स्प्रिङ सिजनमा सबैभन्दा पहिले मार्च ९ तारिखमा पहिलो पटक नेप्से हिमाल आरोहणका लागि अनुमति दिएको थियो ।

 


क्लिकमान्डु