भारतमा अन्तर्राष्ट्रिय हवाई उडानमा फेरि प्रतिबन्ध



काठमाडौं । बढ्दो कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै भारतले अन्तर्राष्ट्रिय हवाईमा फेरि प्रतिबन्ध लगाएको छ । भारतले आगामी अप्रिल ३० तारिखसम्मका लागि सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको हो ।

यसअघि भारतले गत वर्षको मार्च २५ मा पनि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । भारतले कमर्सियल हवाई उडानमा प्रतिबन्ध लगाए पछि कार्गो उडान भने यथावत नै रहनेछन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दो क्रममा छ । भारतले कोरोना विरुद्धको भ्याक्सिन लगाउन शुरु गरेसँगै कोरोना संक्रमितहरुको संख्या पनि बढेको हो ।

तर भारतले शुरु गरेको बन्दे मातरम मिसन अन्तर्गतका २७ वटा देशका नागरिक भने हवाई उडानमार्फत् भारत आउन र जान सक्नेछन् ।


क्लिकमान्डु