निर्यात हुने मुख्य ३० वस्तु तथा सेवामा ८ महिनाको अवधिमा कुन घटे कुन बढे ?



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको अवधिमा ७.८४ प्रतिशतले निर्यातमा वृद्धि गर्न सफल भए पनि विगतको दिनमा उल्लेखनीय निर्यात भइरहेको वस्तु तथा सेवाको निर्यातमा गिरावट आएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार विगतको वर्षहरूमा उल्लेखनीय निर्यात गर्दै आएको वस्तु तथा सेवाको निर्यातमा गिरावट आएको हो ।

प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको अवधिमा पाम आयलको निर्यात शून्य जस्तै रहेको छ । भारत सरकारले पाम आयलको निर्यातमा प्रतिबन्ध गरेसँगै हालसम्ममा थोरै मात्रामा मात्रै पाम आयल निर्यात भएको तथ्याङ्कले देखाउँदछ ।

जसमा चालु आवको आठ महिनाको अवधिमा ४ लाख ४३ हजारको मात्रै निर्यात भएको छ । त्यस्तै, गत वर्ष सोही अवधिमा नेपालले १५ अर्ब ३५ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात गरेको थियो ।

त्यसैगरी पोलिस्टर, कटन तथा अन्य यार्न १४.४४ प्रतिशतले घटेको छ । गत वर्ष आठ महिनको अवधिमा नेपालले ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । तर, चालु आवमा नेपालले सोही अवधिमा ५ अर्ब १० करोड ४० लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।

त्यसैगरी, ऊनीको कार्पेट निर्यातमा पनि ३.११ प्रतिशतले गिरावट आएको छ । जसमा चालु आवमा नेपालले ४ अर्ब ७४ करोड ९० लाखको निर्यात गरेकोमा गत वर्ष सोही अवधिमा नेपालले ४ अर्ब ९० करोड १७ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । त्यस्तै अन्य धेरै वस्तु तथा सेवाको निर्यातमा गिरावट आएको छ ।


क्लिकमान्डु