खतिवडाको निर्णय पौडेलले उल्टाए, विलासी गाडीको आयातको प्रतिबन्ध हट्यो



काठमाडौं । सरकारले विलासी गाडीमाथिको आयातको प्रतिबन्ध हटाएको छ ।

सरकारले २०७६ चैत १६ गते विदेशी मुद्राको खर्चलाई रोक्ने भन्दै ५० हजार अमेरिकी डलर माथिको गाडी आयातमा प्रतिबन्ध लगाएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरेर ५० हजार अमेरिकी डलरभन्दा महंगा गाडीको आयात खुलाएको हो ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले तत्कालीन समयमा विलासी गाडीको आयातमा प्रतिबन्ध लगाएका थिए । उक्त निर्णय विष्णु पाैडेल अर्थमन्त्री भएपछि उल्टाएका हुन् ।

त्यस्तै सरकारले अघिल्लो वर्षदेखि आयातमा प्रतिबन्ध लगाएका मरिच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध पनि खुलाएको छ । तर, यी वस्तुको आयात गर्ने वार्षिक कोटा निर्धारण गरिएको छ ।

जसअनसार केराउ ८० हजार मेट्रिकटन, सुपारी २५ हजार, छोकडा ५ हजार मेट्रिकटन आयात गर्न पाइनेछ । त्यस्तै नधुल्याएको मरिच १५ हजार मेट्रिकटनमात्र आयात गर्न पाइने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु