वा, वाह, वाहह्, नयाँ बर्ष २०७८ मा टीभीएसको यस्तो पो अफर



काठमाडौं । नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँबर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ ।

चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना बैशाख ३१ गतेसम्म चल्ने छ ।

यस योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको छ ।

साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा टीभीएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्नु हुने ग्राहकमध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर३१० उपहार स्वरूप प्रदान गरिनेछ ।

योजना यतिमा मात्र सीमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै वाह्ह्सम्मको थप भव्य बनाइएको छ । योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्ट्यान्डर एमटी भर्जनको नयाँ प्रोटोन साँगा फेसबुक लाइभमार्फत प्राप्त गर्नु हुनेछ । भने, यस योजनामाथि उल्लेखित समयावधीभित्र देशमा रहेका सम्पूर्ण टीभीएस शोरुममा लागूहुनेछ ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू-ह्वीलर ब्राण्ड बनेको छ ।


क्लिकमान्डु