नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा रामबहादुर मानन्धर



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १६९औं संञ्चालक समितिको बैठकले राम बहादुर मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष मानन्धरले डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग सपथग्रहण लिएका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात् मानन्धरले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक-एक जना प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।


पुष्प दुलाल