प्रभु क्यापिटलले दियो शेयर बजार सम्बन्धी आधारभूत तालिम
काठमाडौं । प्रभु क्यापिटलले २०७७ चैत ६ गते काठमाण्डौ मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालय मण्डिखाटारमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तरगतका विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । २०७७ चैत ८ गतेबाट चैत १० गते सम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोस्रो बजारमा लगानी गर्नका लागि जान्नुपर्ने विषयका बारेमा तालिम दिइएको थियो ।
यसैगरी चैत ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ । सो तालिम कार्यक्रममा सो कलेजमा विविए संकायमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको छ ।
प्रभु क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।