कुमारी बैंक र फोन पेको डिजिटल मलेखु अभियानः QR बाट भुक्तानी गर्न पाइने (फोटो र भिडियो)



काठमाडौं । कुमारी बैंकले फोन पेसँगको सहकार्यमा डिजिटल मलेखु अभियान शुरु गरेको छ । यो अभियानसँगै अहिले मलेखुका अधिकांश पसलहरुमा क्युआर कोड भुक्तानी सेवा उपलब्ध भएको छ ।

उक्त सेवा शुरु भएसँगै अब मलेखुबासी र मलेखु पुग्ने यात्रुहरुलाई कारोबार गर्न सजिलो हुनेछ । खुद्रा पैसा नहुँदा र नगद अभावमा सामान खरिद गर्नबाट बञ्चत हुने अवस्था अब मलेखु क्षेत्रमा बेहोर्नु पर्दैैन ।

काठमाडौं छिर्ने मूख्य ठाउँ भएकाले मलेखुलाई काठमाडौैभन्दा पहिले नै शतप्रतिशत डिजिटल मलेखु बनाउन सकिने र त्यसबाट काठमाडौंले पाठ सिक्ने फानेपेका अध्यक्ष विश्वास ढकालले बताए ।

त्यसैगरी डिजिटल कारोबार गर्दा बैंकमा गरिने विभिन्न कार्यका लागि कागजात बुझाइरहनुपर्ने झण्झट कम हुने समेत उनले मलेखुबासीलाई बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले क्युआरकोड प्रयोग गर्दा सजिलो सुरक्षित हुने र कुनै थप शुल्क नलाग्ने भएकाले ढुक्क भएर यसमा अभ्यस्त हुन मलेखुबासी र व्यवसायीलाई आग्रह गरे । सीइओ भण्डारीले क्यआर कोड प्रयोग गरी एकघरी केरा किने ।

क्युआर सेवा उदघाटन कार्यक्रममा देखिएका केही झलकहरुः


क्लिकमान्डु