सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बार बीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/ प्रिभिलेज कार्डवाहक महानूभावहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करीब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।


पुष्प दुलाल