सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने आइतबार ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ थियो भने आइतबार ५ रुपैयाँ बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु